राष्ट्रपति यादवका अन्य मुद्दामा उनको पक्षमा अदालतमा उभिँदै आएको महान्यायाधिवक्ताको कार्यालयले यस पटक चाहिँ उनका पक्षमा बहस नगर्ने भएको छ । संविधानसभाको पहिलो बैठक मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बोलाउने कि राष्ट्रपति यादवले भनी सर्वाेच्चमा परेका दुई छुट्टाछुट्टै रिटमा महान्यायाधिवक्ताको कार्यालयले रेग्मीको पक्षबाट मात्रै बहस गर्ने भएको छ । 'महान्यायाधिवक्ता भनेको सरकारको सल्लाहकार हो र सरकारको प्रमुख भनेको प्रधानमन्त्री,' महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले भने, 'महान्यायाधिवक्तालाई नियुक्ति पनि प्रधानमन्त्रीले नै गर्ने हुँदा प्रतिनिधित्व पनि उनकै हुन्छ ।'
Home »
» महान्यायाधिवक्ताले राष्ट्रपतिका पक्षमा बहस नगर्ने
No comments:
Post a Comment