बढ्दो लोडसेडिङले विद्यार्थीलाई सास्ती - मिथला दर्सन !
Headlines News :
Home » » बढ्दो लोडसेडिङले विद्यार्थीलाई सास्ती

बढ्दो लोडसेडिङले विद्यार्थीलाई सास्ती

Written By Unknown on Saturday, 11 January 2014 | 02:31

परीक्षाको तयारीमा रहेका विद्यार्थी सोशिता कुमारी यादवलाई एसएलसीको मुखमा आएर चिन्ताले सताएको छ ।
 विद्यालयमा अध्यापन तथा पाठ्यक्रम पुरा नभएको चिन्ता उनलाई छैन्, उनको सबै विषयहरुको पाठ्यक्रम पुरा भइसकेको छ, सोशितालाई लोडसेडिङको चिन्ताले पिरोलेको छ ।
प्रत्येक महिना नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय थप्दै जादा परीक्षाको तयारी नै प्रभावित भएको उनी भन्छिन् । पछिल्लो आइतबारबाट प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिंङ गरेपछि आफु लगायत सम्पूर्ण साथीहरुले गर्ने गरेको परीक्षाको तयारी ठप्प भएको छ, सोशिताले भनिन ।

उनी अगाडी भन्छिन्–‘के गर्ने लोडसेडिङ दिन प्रतिदिन बढ्दै छ, फलामे ढोका एसएलसी परीक्षा मुखमा अइसकेको छ तर बत्ति न हुूदा ठुलो मार परेको छ । बिहान देखि बेलुकी सम्म विद्यालयमै पढन जान्छु र त्यसपछि विद्यालयबाट फकिर्एर घर पुगिसकेपछि  पढ्न बसेपछि अन्ध्यारो हुन्छ तर बत्ती हुूदैन पढाई प्रभावित हुन्छ उनको दुखेसो छ ।
बढदो लोडसेडिङका कारण पढाई प्रभावित सप्तरीका मात्रै हजारौ छात्र छात्राको पढाई लेखाई प्रभावित बन्दै गएको छ तर सरकारलाई विद्यार्थीको भविष्य बारे चिन्ता नै छैन् उनको आक्रोश थियो ।
लोडसेडिङले विधार्थीलाई मात्र प्रभावित गरेको छैन् कलकारखाना, उधोग, संचारजगत, सर्वसाधारणको दैनिकी समेत हरेक दिन प्रभावित बनिरहेको छ ।
त्यस्तै पिडा सप्तरीको ग्रामिण भेगका अधिकांश विद्यार्थीहरुको पनि रहेको छ । खासगरी नेपाल विद्युत प्राधिकरणले सप्तरी सदरमुकाम राजविराजमा साझँ र रात्ति बिजुली दिएपनि विद्यार्थीहरु पढने समय भनेकै साझँ र रात्ति रहेकाले अबको दुई महिना पछि हुने प्रवेशिका एसएलसी परीक्षाको पुर्व सन्ध्यामा खासगरी ग्रामिण भेगमा विद्युत नहुदँ विद्यार्थीहरु दोहरो मारमा परेको गुनासो विद्यार्थीहरुको रहेको छ ।  लोडसेडिङ राष्टूव्यापी समस्या भए पनि बत्ति काट्ने तालिका न मिलेको तर्क स्थानीय अभिभावकहरुको रहेको छ ।

बढदो लोडसेडिरुका कारण उधोग धन्धा, व्यापार गर्ने समयमा लोडसेडिंङ गरेर व्यापार समाप्त भएको गुनासो स्थानीय ब्यवसायीहरुको रहेको छ ।
यता व्यस्थापनको कमजोरीले प्रत्येक वर्ष नेपाली नागरिकले लोडसेडिङको समस्या रुेल्दै आएको जानकारहरु बताउछन ।
समस्या समाधान गर्नुको साटो लोडसेडिरु थप गरेर प्राधिकरणले दिन प्रति दिन समस्या वृद्धि गर्ने काम मात्रै गरेको आरोप नागरिक समाज सप्तरीका पुर्व अध्यक्ष सुखराम यादवले लगाएका छन । उनले भने–व्यवस्थापनमा इच्छा शक्तिको अभाव छ, इच्छा शक्ति भए प्रत्येक वर्ष आउने यो समस्या समाधान हुन्छ।रु लोडसेडिंरु गर्नु भनेको क्षणिक समाधान मात्रै हो समस्या समाधान गर्न व्यवस्थापनले दिर्घकालिन योजना तर्जुमा गरेर अगाडी बढ्नु पर्छ तर कसैको ध्यान गएको छैन उनले बताए ।

प्राधिरकणले निर्धारण गरेको तालिका माथि टिप्पणी गर्दै उनले भने– प्राधिकरणले निर्धारण गरेको लोडसेडिरुको तालिकाले विधार्थी र व्यापारीको भविष्यसग खेलवाड गर्दै छ । यादवले दैनिक ११ देखि १२ घण्टा सम्म हुने लोडसेडिङले इन्भर्टर समेत चार्ज हुन छाडेको छ विधार्थीहरुको पढाई लेखाई र व्यापार प्रभावित भइ रहेको भन्दै तालिकामाथि प्राधिकरणले ध्यान दिनै पर्छ जिकिर गरे । हिउदको समयमा प्रत्येक नेपाली नागरिकले लोडसेडिङको समस्या रुेल्नु परे पनि समस्या सामाधान गर्न तर्फ राज्यले दिर्घकालिन योजना न ल्याएकोले यस तर्फ ध्यान दिन सर्वसाधारणको माँग रहेको छ ।

यता नेपाल विद्युत प्राधिकरण राजविराजका प्रमुख शम्भु कुसियैत यादवले हाल सप्तरीमा राष्टिूय लोडसेडिङको तालिका भन्दा पनि बढी अर्थात सात्तामा ८० घण्टा देखि १ सय ८ घण्टा सम्म लोडसेडिङ गर्नुपरेको बताउदै प्राधिकरणले विद्युत चुहावट भए अनुसारको समय थप बढ गरी खासगरी ग्रामिण भेगमा बढी लोडसेडिङ गर्नुपरेको बताए ।
 
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger