
२२ पुस, काठमाडौं । धेरै देशलाई अन एराइभल भिसा दिँदा दुरुपयोग बढेको भन्दै अध्यागमन विभागले भिसानीतिलाई पुनरावलोकन गर्न माग गरेको छ । अन एराइभल भिसा सुविधाको कारण गलत व्यक्ति पनि नेपाल भित्रिने क्रम बढेकाले अध्यागमनले नीति पुनरावलोकनको प्रस्ताव गरेको हो ।

हात विश्वका ११ देशबाहेक अन्य देशका नागरिकले नेपाल आउँदा विमानस्थल तथा सीमाक्षेत्रमा नै भिसा पाउने गरेको नयाँ पत्रिकामा खबर छ । नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन र अफगानिस्तानका नागरिकले भने नेपाल आउन पहिले नै भिसा लिनुपर्ने हुन्छ ।
नेपालीलाई भने विश्वका एक दर्जनभन्दा कम देशले मात्र अन एराइभल भिसा दिने गरेका छन् । सिंगापुर, बंगलादेश, फिलिपिन्सलगायतका देशले मात्र नेपालीलाई पहिले नै भिसा लिएर जानुपर्ने व्यवस्था गरेका छैनन् । अरु देशमा जानका लागि नेपालीले पहिले नै भिसा लिनुपर्छ ।
No comments:
Post a Comment