नम्वर लेखाउने ट्राफिकको अभियान - मिथला दर्सन !
Headlines News :
Home » » नम्वर लेखाउने ट्राफिकको अभियान

नम्वर लेखाउने ट्राफिकको अभियान

Written By Unknown on Sunday, 5 January 2014 | 15:32

Print Friendly and PDF
२१ पुस ।
धनुषामा नम्बर प्लेट नबुझिने सवारी साधनहरुको संख्या बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले शनिबारदेखि नम्वर लेखाउने अभियान थालेको छ । विशेष गरी ट्रयाक्टरको नम्वर पलेट नदेखिनेको संख्या बढेपछि ट्राफिक प्रहरीले  नम्बर लेख्न लगाउने साप्ताहिक अभियान थालेको हो । नम्बर मेटिएर अस्पष्ट भएका ट्याक्टरले अवैध समान ओसार गर्न सक्ने तथा दुर्घटना गराएर सजिलै भाग्ने क्रम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले नयां अभियान सुरु गरेको ट्राफिक प्रमुख राजन भेटवालले
जनाए ।
शनिबार बिहान जनकपुर ढल्केवर सडक खण्डमा चल्ने सबै ट्रयाक्टरलाई मुजेलियामा रोकेर ट्राफिक प्रहरीले नम्बर ठिक भए नभएको चेक जा“च गरी नम्बर अस्पष्ट देखिएको तथा केरमेटबाट अस्पष्ट भएका ट्याक्टरलाई नियन्त्रण्ँमा लिएर नम्बर लेख्ने काम गरेको कार्यालयले जनाएको छ । व्यापारिक प्रयोजनको लागि ठूलो संख्यामा जिल्लामा ट्याक्टरहरुको प्रयोग हुने गरेको र त्यस्ता ट्याक्टरहरुलाई व्यवस्थित रुपमा संचालन गर्न ट्याक्टर व्यवसायी संघ संग समन्वय गरी ट्याक्टरको ढालामा अगाडी र पछाडी स्पष्ट रुपमा नम्बर लेखाउने र रातको समयमा टल्किने स्टीकर टांस्न लगाउने ,
ओभर लोड गर्न नपाउने लगायतका सचेतना दिने गरेको भेटवालले बताए  ।सम्मको सवारी आवागमनमा सहजता र नगरको सुन्दरता रहने अपेक्षाका साथ साथै भेटवालले विश्वास व्यक्त गरे ।
यता टयाक्टर व्यवसायी संघका अध्यक्ष  निरज कुमा मिश्रले एउटा टयाक्टरमा नम्वर लेखे वापत द्ई सय रुपैया लिने गरेको बताए । शनिबार दिउसो सम्ममा ५० वटा ट्याक्टरमा नम्बर लेखिएको संघले जनाएको छ । धन्षामा पहिलो पटक यस्तो अभियान संचालन गरेको ट्राफिक प्रहरी प्रम्ुख भेटबालले बताए । यस्तो अभियान प्रत्येक साताको शनिवार ह्ने प्रहरीले जनाएको छ ।
-
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger