झलनाथ, केपी र माधव नेपाललाई अवकाशमा पठाउने तयारी योगेश भट्टराई भन्छन्- वृद्ध हुनुभो, सम्मानजनक अवकाशमा जानोस् - मिथला दर्सन !
Headlines News :
Home » » झलनाथ, केपी र माधव नेपाललाई अवकाशमा पठाउने तयारी योगेश भट्टराई भन्छन्- वृद्ध हुनुभो, सम्मानजनक अवकाशमा जानोस्

झलनाथ, केपी र माधव नेपाललाई अवकाशमा पठाउने तयारी योगेश भट्टराई भन्छन्- वृद्ध हुनुभो, सम्मानजनक अवकाशमा जानोस्

Written By Unknown on Friday, 3 January 2014 | 23:32

Print Friendly and PDF नेकपा एमालेका केन्द्रीय सदस्य योगेश भट्टराईले शीर्ष नेताहरु झलनाथ खनाल, केपी ओली, माधव नेपाल लगायतका ४/५ जना शीर्षनेतालाई सम्मानजनक अवकाशमा पठाउनुपर्ने बताउनुभएको छ । आशन्न महाधिवेशनमा एमाले नेता खनाल, ओली र नेपालले पार्टी अध्यक्ष ताकिरहनुभएको छ । तर, एमालेका युवापुस्ताका नेताहरु उहाँहरु तीनै जनालाई महाधिवेशनबाट केन्द्रीय सहाल्लाहकार कमिटीमा राख्ने अभियानमा जुट्न थालेका छन् । उपाध्यक्ष वामदेव गौतम र विद्या भण्डारीलाई समेत सल्लाहाकार कमिटीमा राखेर सम्मान गर्ने एमालेका युवा नेताहरुको तयारी छ । yogesh ‘हाम्रो पार्टीका अगाडिको पुस्ताको प्रतिनिधित्व गर्ने ४/५ जना नेताहरु ६०/६५ को हाराहारीमा पुगिसक्नुभयो, पार्टी स्थापना गर्दादेखि नै उहाँहरु केन्द्रीय कमिटीमै हुनुहुन्छ, एमालेका युवा नेता भट्टराईले अनलाइनखबरसँग भन्नुभयो, ‘हाम्रो भनाइ के छ भने तपाईहरु अवकाशमा जानोस् । समानजनक अवकाश ।’ एमालेको आसन्न नवौं महाधिवेशनबाट शीर्षनेताहरुलाई अवकासमा पठाउने प्रयत्न गरिने भट्टराईको भनाइ छ । ‘हामी तपाईहरुलाई पार्टीभित्रै तपाईका विचारको बहस गर्ने र अनुभवहरु लिने, भ्याट्रन सल्लाहकारको भूमिका दिन्छौं,’ अनलाइनखबरले सञ्चालन गरेको बहस कार्यक्रममा पार्टीभित्रको आन्तरिक लोकतन्त्र कसरी सुदृढ गर्ने भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘तेङ स्याओपपिङले पनि यसै गरे । नेल्सन मन्डेलाले सबैभन्दा लोकपि्रय हुने बेलामा सन्यास लिए ।’ आगामी महाधिवेशनमा तपाईहरुले खनाल, ओली, माधव नेपाल, वामदेव गौतम लगायतका नेतालाई अवकाशमा पठाएर सल्लाहकार बनाउन सक्नुहोला र भन्ने जिज्ञासामा भट्टराईको जवाफ छ, ‘हामी अहिले यो प्रतिक्रयामा छौं, कोसिस गर्दैछौं हेरौं कतिसम्म सफल हुन्छौं । ‘नवौं महाधिवेशनमा हामी संगठनात्मक हिसाबले पार्टीलाई कसरी बढी लोकतान्त्रिक बनाउने, नेताहरुलाई कसरी पार्टीभित्रै नियन्त्रण र सन्तुलनभित्र राख्ने ? यसका प्रावधान खोज्छौं ।’ शुद्धीकरणले नै युवाहरु केन्द्रीय कमिटीमा ‘एमालेभित्र हामीले शुद्धीकरणको बहस नउठाएको भए एमालेको केन्द्रीय कमिटीमा आज हामी आउने नै थिएनौं, भट्टराईले भन्नुभयो, ‘यो बहस पार्टीभित्रमात्रै होइन कि सार्वजनिक तहमा उठाएको कारणले हामी यहाँसम्म आइपुगेका हौं ।’ तर, पार्टीलाई नितान्त प्राविधिक हिसावले लोकतान्त्रीकरणको कुरा उठाइयो भने त्यो मूलतः चुनाववादी पार्टी हुने भट्टराईको तर्क छ । चुनाव गर्दैमा पार्टी लोकतान्त्रिक हुँदैन एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीभित्र तल्लो कमिटीसम्म निर्वाचन प्रणाली अपनाइनुपर्ने फेसबुकमार्फत् बसह गरिरहेका बेला एमालेका युवा नेता भट्टराईले भने चुनाव गर्दैमा पार्टीमा लोकतान्त्रीकरण नहुने तर्क अघि सार्नुभएको छ । यो पनि पढ्नोस् एमाओवादीमा शुरु भो प्रचण्ड-बाबुराम हटाउने अभियान ! ‘पार्टीभित्र चुनाव गर्दैमा लोकतान्त्रीकरण हुँदैन । एमालेमा चुनाव हुन्छ नि त । एमालेको गाउँ कमिटीको अधिवेशनमा पनि चुनाव हुन्छ । तर, एमाले कति लोकतान्त्रिक छ ?’ उहहाँले भन्नुभयो, चुनावबाट मात्रै हुँदैनरहेछ । समानुपातिकको लिष्ट छान्दा त यो अभ्यास भएन ।’ मतदान हुँदा रामकुमारी नपरेको भए चित्त बुझ्थ्यो एमालेले समानुपातिकको सूची छनोट गर्दा केन्द्रीय कमिटीमै मतदान गर्न आफूले प्रस्ताव गरेको एमाले नेता भट्टराईले जानकारी दिनुभयो । ‘मैले केन्द्रीय कमिटीमा भनेको के थियो भने हामी १ सय २० जना केन्द्रीय कमिटी सदस्य छौं, ८४ जना हामीले समानुपातिकबाट छान्नु छ, त्यो छान्न पनि ३ सय ३५ जनाको क्याप लगाइएकै छ । यी ३ सय ३५ जनाको नाम हाम्रो टेबलमा राख्दिनोस्, हामी ८४ जनालाई भोट हाल्छौं ।’ उहाँको थप तर्क छ, ‘यसो गरिएको भए अलिकति लोकतान्त्रिक हुन्थ्यो होला नि त । हामीले भोट हाल्दा पनि रामकुमारी झाँक्री, राजेन्द्र राईहरु नपर्न सक्नुहुन्थ्यो, तर उहाँहरुलाई के चित्त बुझ्थ्यो भने ठूलो दायराबाट छानिएको हुनाले हामी परेनौं ।’ एमाओवादीमा पनि शीर्षनेता हटाउने अभियान एमाले नेता योगेश भट्टराईले जस्तै एमाओवादीभित्र पनि प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी लगायतका नेताहरुलाई अवकाशमा पठाउनुपर्ने आवाज उठ्न थालेको छ । एमाओवादीका केन्द्रीय सदस्य हेमराज भण्डारीले पनि अनलाइनखबर बहस कार्यक्रममा बोल्दै प्रचण्ड, बाबुरामलगायतका चार नेतालाई ‘रिप्लेस’ गरिनुपर्ने बताउनुभएको छ । एमाओवादीमा शुरु भो प्रचण्ड-बाबुराम हटाउने अभियान १ ९भिडियोसहित
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger