प्रधानमन्त्री बन्न देउवा र पौडेलको समर्थन खोज्दै कोइराला देउवाको शर्त, पौडेलले भने-मेरो पालो - मिथला दर्सन !
Headlines News :
Home » » प्रधानमन्त्री बन्न देउवा र पौडेलको समर्थन खोज्दै कोइराला देउवाको शर्त, पौडेलले भने-मेरो पालो

प्रधानमन्त्री बन्न देउवा र पौडेलको समर्थन खोज्दै कोइराला देउवाको शर्त, पौडेलले भने-मेरो पालो

Written By Unknown on Wednesday, 8 January 2014 | 15:53

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीका शीर्ष दुई नेतासमक्ष प्रधानमन्त्री बन्न आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । वरिष्ठ नेता शेरबहादुर देउवाले शशर्त सहयोग गर्ने बताएका छन् भने उपसभापति रामचन्द्र पौडेलले आफ्नो पालो भएको दावी गरेका छन् ।
सरकार गठनका लागि अन्य दलको समर्थन जुटाउन पूर्व पार्टीभित्रै सहमति खोज्ने क्रममा कोइरालाले बुधबार आफ्नै निवास महाराजगञ्जमा वरिष्ठ नेता देउवा र उपसभापति पौडेलसँग करिव एक घण्टा छलफल गरेका थिए । छलफलमा कोइरालाले अफू फेरि सभापति नहुने भन्दै सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवार बनाउन समर्थन खोज्नु भएको छ ।
वरिष्ठ नेता नेता देउवाले सभापतिलाई प्रधानमन्त्रीका लागि सहयोग गर्ने विषयमा आफू नकारात्मक नभएको बताएका छन् । सभापति प्रधानमन्त्री बन्ने हो भने एक व्यक्ति एक पदको अवधारणा अनुसार आफूलाई लिखित रुपमै पार्टी कार्यवाहक सभापति वा संसदीय दलको नेता बनाउनु पर्ने शर्त राखेका छन् । महाधिवेशन नजिकिसकेकाले संस्थापन पक्षले कार्यवाहक सभापति दिने सम्भावना कम रहेको देउवा पक्षको बुझाई छ । यस्तोमा संसदीय दलको नेता बन्ने र कारणबस कोइराला सरकार लामो समय चल्न नसके प्रधानमन्त्री बन्ने देउवाको अपेक्षा छ ।
छलफलमा उपसभापति रामचन्द्र पौडेलले यसपटक प्रधानमन्त्रीका लागि आफूलाई बनाउन सहयोग गर्न सभापति कोइराला र देउवालाई आग्रह गरेका छन् । अघिल्लेा संविधानसभामा संसदीय दलको नेताका रुपमा आफूले खेलेको भूमिकाको कदर गर्नु पर्ने भन्दै उनले चुनावमा पार्टीलाई पहिलो बनाउन आफ्नो अहम भूमिका भएको दावी गरे ।
- See more at: http://www.onlinekhabar.com/2014/01/153499/#sthash.wRuP0PZs.dpuf
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger