सरकारभन्दा संविधान महत्त्वपूर्ण - मिथला दर्सन !
Headlines News :
Home » » सरकारभन्दा संविधान महत्त्वपूर्ण

सरकारभन्दा संविधान महत्त्वपूर्ण

Written By Unknown on Friday, 10 January 2014 | 22:43

नगेन्द्र सापकोटा भक्तपुर, पुस २७ गते ।  नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको पहिलो बैठक बोलाउन जति ढिलाइ हुन्छ, त्यति नै जनतामा निराशा आउने बताउनुभएको छ ।
राष्ट्रप्रमुखद्वारा संविधानसभाको पहिलो बैठक बोलाउने अन्तर्राष्ट्रिय मान्यता भए पनि नेपालमा पहिलो बैठक कसले बोलाउने भन्ने विवादले जनतामा निराशा पैदा हुँदै गएको उहाँले बताउनुभएको हो ।
सहिद राधेश्याम जोन्छे स्मारिक २०७० को शुक्रबार यहाँ विमोचन गर्दै उहाँले छिटोभन्दा छिटो संविधानसभाको पहिलो बैठक बसी राजनीतिक अन्योल अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।  “बैठक बस्न ढिलाइ हुँदा जनताले राजनीतिक षड्यन्त्र भएको बुझ्नेछन्”, उहाँले भन्नुभयो, “तत्काल पहिलो बैठक बोलाएर राजनीतिमा मडारिएको कालो बादल हटाउनुको विकल्प छैन । ”
दोस्रोपटक संविधानसभा निर्वाचन भए पनि जनतामा निराशा अन्त्य नभएको भन्दै सभापति कोइरालाले सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि संविधान निर्माणमा कसरी जुट्ने भन्ने कुरा महìवपूर्ण भएको बताउनुभयो ।  निर्वाचन आयोगले संविधानसभा सदस्यको नामावली सार्वजनिक गरेको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक नबोलाइए राजनीतिमा खतराको सङ्केत देखा पर्ने औँल्याउँदै उहाँले यसतर्फ सबै सचेत हुनुपर्ने प्रस्ट पार्नुभयो ।
अब बन्ने सरकार पूर्ण रूपमा भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनसहितको हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “अब जनतालाई लोकतन्त्रको अनुभूति हुने गरी सरकार सञ्चालन गर्नुपर्छ । ” नेपाली काँग्रेस पहिलो शक्ति भएकाले अन्योलपूर्ण राजनीतिको निकास दिने जिम्मेवारी पनि काँग्रेसकै भएकाले यसका लागि काँग्रेस सक्षम रहेको कोइरालाले दाबी गर्नुभयो ।
नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले पहिलो बैठक बोलाउने विषयमा दलहरूमा विवाद देखिन थालेपछि यस्तै ढङ्गले अगाडि बढे संविधान चार वर्षमा पनि बन्न नसक्ने दाबी गर्नुभयो ।
काँग्रेसका अर्का नेता विमलेन्द्र निधिले अन्तरिम संविधानमा प्रधानमन्त्रीले संविधानसभाको पहिलो बैठक बोलाउनुपर्छ भन्ने उल्लेख भएको भन्ने हो भने किन मन्त्रिपरिषद्का अध्यक्ष चुप लागेर बसेको भनी प्रश्न गर्नुभयो ।
नेपाली काँग्रेसका नेता ओमकार श्रेष्ठले अहिलेको आवश्यकता संविधानसभाको पहिलो बैठक भएकाले दलहरूबीच कसले बोलाउने भन्ने विवाद गर्नु सान्दर्भिक नभएको बताउनुभयो ।
सहिद राधेश्याम स्मृति प्रतिष्ठानका अध्यक्ष रजनी जोन्छेको अध्यक्षतामा भएको कार्यक्रममा सभासद् रामेश्वर ढुङ्गेल, नेपाली काँग्रेस भक्तपुरका सभपाति गणेशमान चक्रधरलगायतले राधेश्याम जोन्छेको स्मरण गर्नुभएको थियो ।
नेपाली काँग्रेस भक्तपुरका तत्कालीन जिल्ला सभापति जोन्छेलाई २०५९ भदौ १६ गते भक्तपुरको चुनदेवीस्थित उहाँकै निवासमा तत्कालीन नेकपा माओवादीले गोली हानी घाइते बनाएको र २०६९ जेठ १६ गते उपचारका क्रममा उहाँको निधन भएको कार्यक्रममा जनाइएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger