अफगानिस्तान सरकारले पर्याप्त प्रमाणबिनानै लामो समयदेखि थुनामा रहेका कैदीलाई रिहा गर्ने भएको छ ।
अफगानी राष्ट्रपति हमिद कारजाईले पर्याप्त प्रमाण बिनानै थुनामा रहेका कैदीलाई छिट्टै रिहा गरिने बताएका हुन् । विशेषगरी अमेरिकी सेनाले पक्राउ गरी थुनामा राखेका कैदीलाई रिह ागर्न लागिएको हो । अफगानिस्तान सरकारको यो निर्णयले उसको अमेरिकासंगको सम्बन्ध थप चिसिने विश्लेषण गरिएको छ ।
राष्ट्रपति कारजाईले अमेरिकाले प्रस्ताव गरेको सुरक्षा सम्झौतामा हस्ताक्षर नगरेपछि यी दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भैसकेको छ ।
अमेरिकाले ती कैदीहरुलाई रिहा गर्ने विषयमा यसअघि पनि आपत्ति जनाइसकेको थियो । उसले अमेरिकी र नेटो सैनिकमाथि हमला गर्नमा उनीहरुको संलग्नता रहेको दावी गरेपनि पर्याप्त प्रमाण जुट्न सकेको थिएन ।
समाचार एजेन्सी रोयटर्ससंग कुरा गर्दै राष्ट्रपति कारजाईका प्रवक्ता ऐमल फैजीले निर्दोष नागरिकलाई अमेरिकाको दबाबमा बर्षौंसम्म कैदी बनाउन नसकिने बताएका छन् । उनले निर्दोष नागरिकलाई कैदी बनाएर आफ्नै देशको सम्प्रभुतामाथि आक्रमण गर्ने अधिकार अमेरिकालाई नदिने स्पष्ट पारेका छन् ।

No comments:
Post a Comment