‘तोरी लाहुरे’को र्‍याप - मिथला दर्सन !
Headlines News :
Home » » ‘तोरी लाहुरे’को र्‍याप

‘तोरी लाहुरे’को र्‍याप

Written By Unknown on Wednesday, 8 January 2014 | 02:37

तपाई काम नगरी यत्तिकै हल्लिनुहोस्, कसैले भनिहाल्छ, कस्तो तोरी लाहुरे रहेछ भनेर । तर तोरी लाहुरेहरुको जन्म समाजमा यसै हुँदैन । फागुन २३ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘तोरी लाहुरे’ले पनि यस्तै कथा बोलेको छ ।
चलचित्रको शिर्ष गीतमा गायक प्रमोद खरेलले आवाज भरेका छन् । तर कुनै समयका चर्चित र्‍यापर रोहित रुम्बाले शिर्ष गीतमा र्‍याप भर्ने काम गरे । काठमाण्डौको ड्रीम्स स्टूडियोमा ‘तोरी लाहुरे’ हिरो रोहितले शिर्ष गीतलाई यूवापुस्तामा लोकप्रिय बनाउन र्‍याप भरेको बताए ।
rohit-rumbaएन.बी महर्जनले निर्देशन गरेको यो चलचित्रमा रोहितसँगै गजित बिष्ट, सुवास थापा, अशिष्मा नकर्मी, समुना जोशी, दिनेश डीसी, सुशिल पोख्रेल लगायतका कलाकारको अभिनय छ । रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा तयार भएको यो सिनेमालाई दिलकुमार तामाङ र रोशिफ तामाङले निर्माण गरेका हुन् । चलचित्रमा निरज कँडेलको छायांकन, कृष्ण आचार्यको कथा, सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, शंकर महर्जनको द्वन्द्व, गम्भिर बिष्टको नृत्य छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger