मधेश आन्दोलन परिचालन समिति २०६३ ले आगामी माघ ५ गते जनकपुरमा मधेश आन्दोलनका सहिदहरुको स्मरणमा वृहत बलिदानी एवम श्रद्धाञ्जजली सभा गर्ने भएको छ । समितिका संयोजक इन्द्र कुमार झा मधेशानन्दको अध्यक्षतामा विहिवार बसेको मधेश आन्दोलनमा अगुवाहरुको बैठकले माघ ५ गत जानकी मन्दिरको प्राङगनमा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले जनकपुरको मुख्य मुख्य चोकमा नारा सहितको वाल पेन्टिङ गर्नुका साथै मधेश जागरण अभियान संचालन गर्ने निर्णय गरिएको छ । बैठकले ५ गते मनाइने श्रद्धाञ्जली सभालाई सफल बनाउन पर्चा, पम्पलेट वितरण तथा नगरमा माइकिङ गर्ने निर्णय समेत गरिएको समितिका संयोजक झाले जनाएका छन ।
बैठकमा हरेराम चौधरी, कौशलेन्द्र मिश्र, संजय कुमार ठाकुर, सदाशिव मिश्र, शम्भु नाथ झा, पवन कुमार झा,संतोष कुमार भण्डारी लगायतको उपस्थिति थियो ।

No comments:
Post a Comment