बालबालिका र राजनीति - मिथला दर्सन !
Headlines News :
Home » » बालबालिका र राजनीति

बालबालिका र राजनीति

Written By Unknown on Friday, 10 January 2014 | 22:47

महिला बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा प्रधानले बालबालिकालाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको छ ।

    केन्द्रीय बाल कल्याण समितिले तयार पारेको बालअधिकार अनुगमन प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री प्रधानले बालबालिकाका क्षेत्रमा गरिएका प्रतिबद्धता र नीतिगत विषयमा भएका निर्णयहरु अझै कार्यान्वयन हुन नसक्नु दुःखदायी भएको बताउनुभयो ।

    केन्द्रीय बालकल्याण समितिले जिल्ला बालकल्याण समिति तथा विभिन्न निकायसँगको समन्वय र सहकार्यबाट देशभरिका विभिन्न क्षेत्रमा रहेका बालबालिकाको राजनीतिमा भएको प्रयोगलाई समेटेर उक्त प्रतिवेदन तयार पारेको हो ।

    राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग र  कुन दलले कति बालबालिका प्रयोग गरेका छन् भन्ने विषयमा केन्द्रित यो प्रतिवेदन ८४ पृष्ठको छ ।

    प्रतिवेदनले नेपालका मुख्य तीन राजनीति दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा एमाओवादीले क्रमशः ३६, ३४ र २० प्रतिशत बालबालिकालाई पार्टीका विभिन्न कार्यक्रममा प्रयोग गरेको देखाएको छ ।

    सार्वजनिक गरिएको प्रतिवेदनका सम्बन्धमा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डा. रामशरण महतले पार्टीले बालबालिकालाई उपयोग आफैँ नगरी स्वयम् उनीहरु रहर र लहलहैमा उपस्थित हुने गरेको बताउनुभयो ।

    एमालेका उपाध्यक्ष वामदेव गौतम, एमाओवादीका केन्द्रीय सदस्य केशव नेपाल, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का महामन्त्री जीतेन्द्रदेव, निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राई, केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल र अध्यक्ष डिल्लीराम गिरीले नयाँ बन्ने संविधानमा बालअधिकारको सुनिश्चितता हुनुपर्ने धारण राख्नुभएको थियो । रासस
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger