डेढ किलो सुनसहित एक पक्राउ - मिथला दर्सन !
Headlines News :
Home » » डेढ किलो सुनसहित एक पक्राउ

डेढ किलो सुनसहित एक पक्राउ

Written By Unknown on Saturday, 11 January 2014 | 02:32

पर्सा प्रहरीले डेढ किलो अवैध सुनसहित एक युवकलाई पक्रेको छ । पर्सा जगरनाथपुर–३ वगहीका २२ वर्षीय सञ्जीव सर्राफलाई डेढ किलो सुनसहित प्रहरीले पक्रेको हो ।
वीरगञ्ज बसपार्कमा हिडिरहेको अवस्थामा सर्राफ बिहान ६ बजे सुनसहित पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
सर्राफलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । यसअघि गएको पुस ३ गते पर्सा प्रहरीले वीरगन्जबाटै चार किलोग्राम अवैध सुनसहित बारा बरियारपुर गाविस वडा नम्बर २ घर भएका दिनेश चौधरीलाई पक्राउ गरेको थियो ।
 
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger