राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका हातबाट १ लाख १ हजार १ सय १ रुपैयाँको चेक र सम्मान पत्रसहित राठी पुरस्कार प्रदान गरिएको छ ।
गंगाविशन राठी स्मृति प्रतिष्ठानले शनिबार बिराटनगरमा राष्ट्रकवि घिमिरेलाई यो वर्षको गंगाविशन राठी स्मृति पुरस्कारले सम्मान गरेको हो । पुरस्कार ग्रहण गर्न ९५ वर्षीय घिमिरे पत्नी कालिका घिमिरेका साथ बिराटनगर पुगेका थिए ।
नगदसहित सम्मानपत्र ग्रहणपछि बोल्दै राष्ट्रकवि घिमिरेले अहिले पैसाका पछाडि सबै व्यतिm लागेकाले समाज र राष्ट्र नै पतनको बाटोमा प्रवेश गरेको बताए । मानवीय मूल्य र मान्यतालाई ह्रास गराउने गरी पैसाका पछाडि नलाग्न कवि घिमिरेले सबैमा आग्रह गरे । उनले पैसा सबैको जीवनका लागि आवश्यक वस्तु भएको भन्दै त्यसको प्राप्ति सत्कर्मबाट हुनुपर्ने बताए ।

बिराटनगरका उद्योगी तथा समाजसेवी राठीलाई गत वर्ष अपहरणपश्चात भारतको सिलगुडीस्थित टिस्टा नदीको किनारमा हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो । राठीको पहिलो पुण्यतिथिका अवसरमा राष्ट्रिकवि घिमिरेलाई सो पुरस्कार प्रदान गरिएको हो ।
नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएको भन्दै गंगा विशन राठी स्मृति प्रतिष्ठानले राष्ट्रकवि घिमिरेलाई पुरस्कार प्रदान गरेको जनाएको छ ।
मान्छेहरु पैसाका पछि लागे : घिमिरे

मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने कार्कीको दाबी
उद्योगी राठीको स्मृतिसभामा पुस्कार बाँड्न काठाडौंबाट बिराटनगर पुगेका अख्तियार प्रमुख कार्कीले मुलुकलाई भष्ट्राचारमुक्त बनाई शून्यमा पुर्याउन आफू लागिपरेको बताए ।
कार्कीले मुलुकमा व्याप्त भष्ट्राचार निवारण गर्ने अभियानमा अहिले अख्तियार जुटेको जानकारी दिए । उनले मुलुकका सबै क्षेत्रमा भ्रष्टाचारप्रति शून्यसहनशीलताको अनुभव स्वयं जनताले नगरेसम्म अख्तियारको अभियान नरोकिने बताए । कार्कीले अहिले सबै क्षेत्रमा कर्म नगरी फल प्राप्त गर्ने सोच हावी हुँदै गएकाले भष्ट्राचार बढेको बताए ।
No comments:
Post a Comment