पुस २७ गते । विभिन्न प्रलोभनमा पारी भारत पु¥याइएका नेपाली युवतीमध्ये कपिलवस्तुको एक संस्थाले विगत ६ महिनाभित्र आठ जनाको उद्धार गरेको छ ।
जिल्लाको कृष्णनगरस्थित शान्ति पुनःस्थापना गृह (पिआरसी) ले गत भदौ महिनादेखि हालसम्मको अवधिमा ती युवतीको उद्धार गरेको हो । घरबाहिर गएकालाई भित्र ल्याउने र भित्रकालाई जोखिममा पर्नबाट जोगाउन चालेको विशेष अभियानका क्रममा पिआरसीले ती युवतीको उद्धार गरेको संस्थाका संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।
उद्धार गरिएकामध्ये नुवाकोटका तीन, नवलपरासीका एक बालिकासहित तीन र कपिलवस्तुका दुई युवती रहेका छन् । अभियानका क्रममा संस्थाले चार जना दलाललाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याई अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दलालमध्ये नुवाकोटका आइत तामाङ, रुपन्देहीका कमल घर्ती, नवलपरासीका यमबहादुर घर्ती र कपिलवस्तुका शालिकराम विक रहेको बताइएको छ ।
भट्टराईका अनुसार रुपन्देहीका आर्ने माइला भन्ने मीनबहादुर विक र नुवाकोटका रिसाङ तामाङ फरार रहेकाले उनीहरूको तीव्र खोजी भइरहेको छ । नुवाकोटका १२ र कपिलवस्तुका दुई गरी १४ जना महिला अझै पनि हराइरहेको तथ्याङ्क आफूले प्राप्त गरेको भट्टराईले जानकारी दिनुभयो । रासस

No comments:
Post a Comment