चिसो हावा र बाक्लो हुस्सुका कारण बढेको चिसोबाट बचाउन पर्साका बिरुवागुठी र हरपुर गाविसका डोम र मुसहर परिवारलाई आज यहाँ कम्बल वितरण गरिएको छ ।
जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयको सक्रियतामा जिविस र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा विपन्न, दलित, असहाय एवम् अशक्त परिवारका ६० जना सदस्यलाई कम्बल वितरण गरिएको हो ।
पर्सा र बारालगायत मध्य तराईमा दुई सातायतादेखि चलेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोका कारण गरिबी र विपन्नताको जीवन बिताइरहेका ती समुदायका व्यक्ति सबैभन्दा बढी प्रभावित हुने गर्छन् ।
नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति फूलमहम्मद मियाँ, मन्त्री वीरेन्द्रराज कँडेल र जिविसका आन्तरिक लेखा परीक्षण अधिकृत हरिशङ्करप्रसाद कुर्मीले संयुक्त रुपमा उनीहरुको घरदैलोमा पुगेर कम्बल वितरण गर्नुभयो । रासस

No comments:
Post a Comment