गरिब बस्तीमा लुटपाट - मिथला दर्सन !
Headlines News :
Home » » गरिब बस्तीमा लुटपाट

गरिब बस्तीमा लुटपाट

Written By Unknown on Friday, 10 January 2014 | 22:57

चन्द्रनिगाहपुर (रौतहट),  पुस २६ गते ।  विश्रामपुर गाविस–८ स्थित बलेरीखोरमा आज बिहान छ घरमा लुटपाट भएको छ ।

    नकाब लगाएर आएका हतियारधारी समूहले रामबलि सहनी, रामप्रसाद पासवान, प्रतापी राम, किशोरी राम र सानीमाया तामाङको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुको घरबाट नगद, गरगहना, मोबाइललगायत सामान लुटिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक कृष्णसुन्दर विष्टले जानकारी दिनुभयो ।

    लुटेरा समूहले पीडित पासवानलाई कुटपिट गरी घाइते बनाएका छन् । गरिब तथा विपन्न बस्तीमा सो समूहले लुटपाट गर्नाका साथै त्रास फैलाउने उद्देश्य राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।  समूहले ती घरबाट रु  एक लाखभन्दा बढीको सामग्री लुटेर लगेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । रासस
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger