सेना र प्रहरीद्वारा आगो बाल्ने व्यवस्था - मिथला दर्सन !
Headlines News :
Home » » सेना र प्रहरीद्वारा आगो बाल्ने व्यवस्था

सेना र प्रहरीद्वारा आगो बाल्ने व्यवस्था

Written By Unknown on Friday, 10 January 2014 | 22:56

पुस २७ गते । चिसो अत्यधिक बढेपछि महोत्तरी जिल्लामा नेपाली सेना र सशस्त्र प्रहरीले आगो बाल्ने व्यवस्था गरेका छन् ।

    सदरमुकाम जलेश्वरको खैरा चोक, महेन्द्र चोक, शङ्करचोक, नगरपालिका चोक, अस्पताल चोक, बुद्धिजीवी चोक, जिरो माइलचोकलगायतका ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइएको  प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताउनुभयो ।  

    त्यस्तै, जिल्लाको भारतीय सीमा नाकामा रहेको प्रमुख व्यापारिक केन्द्र मटिहानी बजारको विभिन्न ठाउँमासमेत नेपाली सेना र सशस्त्र प्रहरीले सर्वसाधारणका लागि आगो बाल्ने व्यवस्था मिलाएको छ ।

    लाखाँै मानिस दैनिक आउजाउ गर्ने जलेश्वरको करिब १० ठाउँमा आगो बाल्ने व्यवस्था गरिएको छ । नेपाली र भारतीय दुवै देशका हजाराँै मानिस व्यावसायिक उद्देश्यले दिनहूँ जम्मा हुने गरेको मटिहानीमा पनि पाँच÷सात ठाउँमा आगो बाल्ने व्यवस्था गरिएको छ ।  

    उहाँका अनुसार सेना र प्रहरीले आफ्नै खर्चबाट जलेश्वर र मटिहानीमा आगो बाल्ने व्यवस्था गरेका हुन् । रासस
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger