सिरहा २८ पौस -
सिरहाको सिसबनी गाबिसमा एकिकृत योजना तर्जुमा समितिको बैठक हुने भएको छ । यहि पौस २९ गते सोमबारका दिन हुने समितिको बैठकमा वडा नागरीक मञ्च बाट छनौट भई आएका योजनाहरुलाई प्राथमिकिकरण को आधारमा परिषदमा पास गर्ने भएको सिसबनी गाबिसका सचिब काशि कुमार बलम्पाकीले जानकारी दीनुभएको छ । समितिको बैठकमा आब २०७० , २०७१ आय ब्यय प्रस्तुत गरीने र आगामि आ.ब. २०७१ , २०७२ को ठुला ठुला योजना हरुलाई केन्द्रिीय ,जिल्ला र ईलाका स्तरमा पठाउने सचिब बलम्पाकिले जनाए ।
उहाँले गाबिसको पेश्की फर्छैाट गर्न बाँकि रहेकाहरुलाई चाँडो भन्दा चाँडो पेश्की फर्छैट गर्न आग्रह समेत गरेका छन । वडा नागरीक मञ्च , नागरीक सचेतना केन्द्र , राजनैतिक दलका प्रतिनिधी , समाजसेबी लगायतको सहभागितामा समितिको बैठक हुने भएको गाबिस का प्रबिधिक साहयक मनोज गुप्ता ले जानकारी दिनुभयो ।
No comments:
Post a Comment