मोटरसाईकल चोरि गर्ने गिरोहलाई जिप्रकाद्धारा सार्वजनिक - मिथला दर्सन !
Headlines News :
Home » » मोटरसाईकल चोरि गर्ने गिरोहलाई जिप्रकाद्धारा सार्वजनिक

मोटरसाईकल चोरि गर्ने गिरोहलाई जिप्रकाद्धारा सार्वजनिक

Written By Unknown on Sunday, 12 January 2014 | 15:44

 २८ पुस,जनकपुर ।

 नेपालको राजधानी लगायत जनकपुरको विभिन्न स्थानबाट मोटरसाईकल चोरि गर्ने चार जनालाई प्रहरीले प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा मोटरसाईकल चोरि गर्ने गिरोहलाई प्रकाउ गरेको प्रहरी उपरिक्षक उत्तम राज सुबेदीले जानकारी दिनुभयो ।  प्रकाउ पर्नेमा बारा जिल्ला बछनपुर्वा ७ कोल्भीका बर्ष ३१ का हरिशंकर चौधरी, रौतहट डुमरीया ३ बडेरवाका २२ बर्षिय देवनारायण चौधरी, रौतहट डुमरीया १ का २६ बर्षिय दिपक चौधरी र  रौतहट सन्तपुर २ का २३ बर्षिय सुनिल चौधरी रहेका छन ।  मोटरसाईकल गिरोहका रुपमा परिचित ४ जना व्यक्तिको मिलोमतोमा जनकपुरको रामान्नद चोकबाट ज ५ प ६११२ र देवि चोकबाट ज ५ प ७०३२ नम्बरको मोटरसाईकल पुस २६ गते चोरि गरेका थिए । चोरि भएको मोटरसाईकलको सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका कार्यालयहरुबाट खटेका बिशेष टिमद्धारा फलोअफ गरेपछि पुर्व पश्चिम राजमार्ग अन्तर्गत वेगाडावर ८ बाट लालगढबाट प्रहरीद्धारा प्रकाउ परेको सुबेदीले बताए ।  उनिहरुलाई बा २३ प ६२४२ नम्बरको मोटरासईकलमा सवार भएको अबस्थामा प्रकाउ गरेको हो भने अभियुक्तहरुको साथमा ४ थान मोवाईल,१ थान बिलबुक तथा २ थान लाईसेन्स र १ थान नागरिकता समेत बरामद गरेको हो ।  पक्राउ परेका अभियुक्तहरुले राजधानी सहित तराईका बारा,पर्सा रौतहट,सर्लाही लगायतका जिल्लाहरुबाट मोटरसाईकल चोरी गर्दै आएका थिए । अभियुक्तहरु संगठित रुपमा कामको वाँडफाँड गरि मोटरसाईकलको लक तोड्ने ,एक स्थनबाट अर्को स्थानमा पुर्याउने र विक्रि वितरण गर्नेगरेको उपरीक्षक सुवेदीको भनाई छ । पक्राउ अभियुक्तहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको उपरीक्षक सुवेदीले बताए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger