अमेरिकामा आर्थिक असमानता लगातार बढिरहेको तथ्यांक सार्वजनिक - मिथला दर्सन !
Headlines News :
Home » » अमेरिकामा आर्थिक असमानता लगातार बढिरहेको तथ्यांक सार्वजनिक

अमेरिकामा आर्थिक असमानता लगातार बढिरहेको तथ्यांक सार्वजनिक

Written By Unknown on Thursday, 9 January 2014 | 18:31


अमेरिकामा पछिल्लो दशकमा आर्थिक असमानता लगातार बढिरहेको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकी संसदको बजेट कार्यालयले तयार पारेको रिपोर्ट अनुसार सन् १९७९ देखि सन् २००७ बीच एक प्रतिशत सबैभन्दा धनी अमेरिकीको आम्दानी तीन गुणाले बढेको छ । सीमित धनी मानिसको आम्दानी लगातार बढी रहेको छ । पछिल्लो तीन दशकमा एक प्रतिशत धनी अमेरिकीको आम्दानी २ सय ७५ प्रतिशतले बढेको छ भने सबैभन्दा गरिब २० प्रतिशत अमेरिकीको आम्दानी १८ प्रतिशतमा सीमित छ । आर्थिक मन्दीको समयमा सबैभन्दा धनी २० प्रतिशतको आम्दानी बाँकी ८० प्रतिशतको कुल आम्दान भन्दा बढी रहेको जनाइएको छ । एक सर्वेक्षणले अमेरिका गलत दिशामा अगाडि बढिरहेको भन्दै अमेरिकीहरुमा चिन्ता छाएको जनाएको छ । सर्वेक्षणमा सहभागी २८ प्रतिशतले राष्ट्रपति बाराक ओबामाको नीतिले अमेरिकी धनीलाई पक्षपोषण गरेको बताएका छन् । ६९ प्रतिशतले यसलाई रिपब्लिकन पार्टीको नीति जिम्मेदार मानेका छन् । एटलाण्टा र अक्ल्याण्डमा आर्थिक असमानता विरुद्ध वाल स्ट्रिट कब्जा गरौं अभियानमा भाग लिएकाहरुलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको केही दिनपछि नै यो रिपोर्ट सार्वजनिक भएको हो । प्रदर्शनकारीहरुले कर्पोरेट लचकता र आर्थिक असमानताविरुद्ध विश्वभर एकसाथ प्रदर्शन गरेका थिए ।

सम्बन्धित खबरहरु

अमेरिका गरीबीको चपेटामा

बिश्वको धनी राष्ट्र अमेरिकामा चार करोड ६२ लाख जनता गरीबीको चपेटामा परेको तथ्यांक हालै गरिएको छ । अमेरिकी जनगणना ब्युरोले तयार पारेको तथ्यांकमा हरेक छ महिनामा एक अमेरिकी नागरिक गरीब...

अमेरिकाको न्यूयोर्कमा गोली हानाहानमा दुई जना मारिए

एक वर्ष अगाडि जागिर गुमाएकाको आक्रमणमा अरु नौं जना घाइते काठमाडौं, भाद्र ९ । अमेरिकाको न्यूयोर्कमा भएको गोली हानाहानमा दुई जना मारिएका छन् । न्यूयोर्क शहरस्थित विख्यात इम्पाएर...

अमेरिकाको विभिन्न शहरमा आएको आँधी तूफानमा परी ८ जनाको मृत्यु

अमेरिकाको बिभिन्न शहरमा आएको आँधी तूफानमा परी आठ जनाको मृत्यु भएको छ । ठाउँ ठाउँमा घरहरु भत्केका छन् । तूफानका कारण बिजुलीका पोलहरु ढलेकाले बिजुली आपूर्ती बन्द भएको छ । भर्जिनिया,...
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger