मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उत्पादनमूलक क्षेत्र तथा औद्योगिक विकासमा सहकारी अभ्यास लक्ष्यित हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय सहकारी संघ लिको २१ औँ वार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष रेग्मीले भन्नुभयो, “सहकारीका माध्यमबाट आर्थिक गतिविधि अभिवृद्धि गर्न लघु उद्यममार्फत स्थानीय उत्पादन र व्यावसायिक क्रियाकलापलाई विस्तार गरिनुपर्छ ।”
अध्यक्ष रेग्मीले उदार अर्थतन्त्र अपनाइएको हाम्रो जस्तो प्रणालीमा आर्थिक विकासका क्रियाकलापमा जति चुनौतीहरू रहेका छन् उत्पादन र बजार प्रवद्र्धनका दृष्टिले अवसरहरूको सम्भावना पनि अत्यधिक रहेको छ भन्नुभयो ।
आगामी दिनमा स्थानीय श्रम, सीप र पुँजी परिचालन गरी नेपाली जनशक्तिको प्रयोग तथा राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि उपलब्ध स्रोतसाधनको समुचित प्रयोगमा सहकारीहरूको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
अध्यक्ष रेग्मीले संविधानसभाको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा संविधान निर्माण गरी नेपाली आवश्यकता र परिवेशलाई सम्बोधन गर्नसक्ने शासन व्यवस्थाको थालनी गर्न उत्साहप्रद समय प्रारम्भ भएको बताउँदै आगामी दिनमा सहकारीमार्फत मुलुकलाई नवीन मार्गमा डोहो¥याउन आग्रह गर्नुभयो ।
मुलुकको अर्थतन्त्रको विकासमा महत्वपूर्ण आधार स्तम्भ मानिएको सहकारी क्षेत्रको प्रवद्र्धन र प्रोत्साहनका लागि नेपाल सरकारले हालसम्म सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष रेग्मीले एकजना सबैका लागि र सबैजना एकजनाका लागि भन्ने मान्यता रहने सहकारी अभ्यासले नेपाली सन्दर्भमा विभिन्न मानिसलाई लघुकर्जा प्रदान गर्ने, आर्थिक गतिविधि सञ्चालन गर्नेे तथा व्यावसायिक क्रियाकलापमा संलग्न हुने अवसरलाई निरन्तर प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सहकारी अभियान राष्ट्र निर्माण, आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्नेमा जोड दिँदै सहकारीलाई राजनीतिमा माथि पुग्ने भ¥याङ नबनाउन आग्रह गर्नुुभयो ।
नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले स्वाधीन अर्थतन्त्र निर्माणका लागि सहकारी आवश्यक रहेको उल्लेख गर्दै सहकारीलाई नयाँ गति दिन आफ्नो तर्फबाट हरप्रकारको सहयोग रहने बाचा गर्नुभयो ।
सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले आगामी दिन सहकारीको खम्बालाई कसरी बलियो, सक्षम र समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा सहकारीकर्मीहरू लाग्नुपर्ने उल्लेख गर्दै साधारण सभाले कुनै पनि संस्थाको वार्षिक कार्य योजना तथा कम्तीमा १० वर्षसम्मको गुरुयोजना बनाउन सक्नु पर्छ भन्नुभयो ।
राष्ट्रिय सहकारी संघ लिका अध्यक्ष केशव बडालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा शिक्षा र शिक्षामा सहकारी भन्ने नारालाई मूर्तरूप दिन सहकारी अभियानकै मागअनुरूप सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट माध्यमिक तहको कक्षा ९, १० तथा उच्च माध्यमिक तहको कक्षा ११ र १२ मा ऐच्छिक विषयका रूपमा सहकारीको अध्ययन अध्यापनका लागि पाठ्यक्रम तयार भइसकेको र आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु हुने अपेक्षा गरिएको बताउनुभयो ।
उहाँका अनुसार यस संस्था हालसम्म २९ हजार ५२६, जिल्लास्तरीय संघ २८० र केन्द्रीय संघ १७ आबद्ध छन् ।
कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयका निमित्त सचिव सुरेश प्रधान, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा, पूर्व अध्यक्ष दीपकप्रकाश बाँस्कोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

No comments:
Post a Comment