शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको सामान्य जनजीवन थप कष्टकर बन्दै गएको छ ।
दस दिनअघि परेको हिउँदे झरीपछि एक्कासि शीतलहर र बाक्लो कुहिरोले आकास ढाकेपछि तराईका जिल्लामा पाँच दिनदेखि फिटिक्कै घाम लागेको छैन । चिसोसँगै बग्ने सिरेटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवारहरू अधिक प्रभावित भएको पाइएको छ ।
अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टाइफाइड, निमोनियालगायत चिसो प्रभावित रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ भने स्थानीय प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ ।
चिसो अध्याधिक बढेपछि स्थानीय आप्mनो टोलको चोकचोकमा आपैmँले जोहो गरेको दाउरा बालेर दिनभरि तापिबसेको देख्न सकिन्छ । तराईका साथै पश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लामा पनि हिउँ परेकाले त्यस क्षेत्रमा समेत अध्यधिक जाडो बढे पनि त्यहाँ घाम लाग्ने गरेकाले जनजीवनमा खासै नकारात्मक प्रभाव भने परेको छैन ।
यस क्षेत्रको तराईमा शीतलहर तथा बाक्लो कुहिरो र पहाडी तथा हिमाली जिल्लामा हिउँ परेपछि हवाई उडानसमेत प्रभाविक भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । भिजिबिलिटी नपुगेपछि नेपालगन्जबाट काठमाडौँलगायत सबै स्थानमा यहाँको हवाई उडान तथा अवतरण नियमित हुन सकेको छैन ।
मौसममा अचानक आएकोे परिवर्तनले आकासमा भिजिबिलिटी अत्यन्तै न्यून हुने गरेकाले मौसममा परिवर्तन नभएसम्म उडानमा अनियमिता रहिरहने सो कार्यालयका प्राविधिकहरू बताउँछन् ।
–ः ८ ः–
तुलसीपुर (दाङ)– केही दिनयता दाङमा अत्यधिक चिसो बढेको छ । चिसोका कारण यतिखेर जिल्लाका अस्पतालहरूमा चिसोका बिरामी बढेको ती अस्पतालहरूले जनाएका छन् ।
तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पतालमा पनि निमुनिया, रुघाखोकी, दम, पखाला, भाइरल ज्वरो लगायतका रोग बिरामी उपचारका लागि आउनेको सङ्ख्यामा वृद्धि भएको सो अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख डक्टर केदार सेन्चुरीका अनुसार एक हप्तादेखि बढेको अत्याधिक चिसोका कारण अस्पतालमा दैनिक ४० देखि ५० जना ती रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । विशेष गरेर बालबालिका र वृद्धवृद्धाहरू ती रोगबाट प्रभावित भएका छन् । उपचारका लागि पनि ती नै आउने गरेको डा सेन्चुरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– बिगत केही दिनदेखि जिल्लामा बाक्लो हुस्सुका कारण बिरामीहरू बढेका हुन् । चिसोबाट बच्न बालबालिकालाई बाक्लो न्यायो कपडाहरू लगाउनुपर्ने, अनावश्यकरूपमा चिसोमा बाहिर ननिस्कने, वृद्धवृद्धाहरू तातो न्यानोमा बस्नुपर्ने, टोपी, मोजा, स्विटर लगायतका न्यायो कपडा लगाउनुपर्ने पनि उहाँले बताउनुभयो । चिसोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । अहिले यहाँका बजारका गल्ली, चोक लगायतका स्थानमा मानिस ठाउँठाउँमा आगो तापेर बसेका देखिन्छन् ।
वीरगन्ज– केही दिनयतादेखि चलेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोका कारण पर्साका निजी तथा आवासीय विद्यालय प्याब्सन पर्सासँग आबद्ध सम्पूर्ण विद्यालय सात दिनका लागि आजदेखि बन्द भएका छन् ।
चिसो हावा र बाक्लो हुस्सुका कारण बढेको चिसोबाट बच्नका लागि आजदेखि माघ १ गतेसम्म सात दिनका लागि प्याब्सन पर्सासँग आबद्ध सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सन पर्साद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
केही दिनयतादेखि बढेको चिसोबाट बालबालिकालाई बचाउनका लागि जिल्ला शिक्षा र जिल्ला प्रशासन कार्यालयको अनुरोधमा निजी विद्यालयहरू सात दिनका लागि बन्द गरिएको प्याब्सन पर्साका अध्यक्ष इमामुद्दिन अहमदले बताउनुभयो ।
यसअघि जिल्ला शिक्षा कार्यालयले यही पुस २४ देखि १० दिनका लागि जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गराएको पर्साका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद वस्तीले बताउनुभयो । चिसो बढेपछि अस्पताल र निजी क्लिनिकहरूमा उपचारका लागि आउने निमोनिया, श्वासप्रश्वास तथा रुघाखोकीका बिरामीको सङ्ख्यासमेत बढ्न थालेको छ ।
दैैनिक ३०÷३५ त्यस्ता बिरामी उपचारका लागि अस्पताल आउने गरेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ । जाडोले सबैभन्दा बढी विद्यालयका छात्रछात्रा, मजदुर र वृद्धवृद्धालाई असर पु¥याएको छ । रासस

No comments:
Post a Comment