सिरहामा ३३ प्रतिशत विद्युत् चुहावट - मिथला दर्सन !
Headlines News :
Home » » सिरहामा ३३ प्रतिशत विद्युत् चुहावट

सिरहामा ३३ प्रतिशत विद्युत् चुहावट

Written By Unknown on Sunday, 12 January 2014 | 21:22

सिरहामा ३३ प्रतिशत विद्युत् चुहावट

रासस
सिरहा, २७ पुस ।
दुई नगरपालिका र १०६ गाविस रहेको सिरहामा ३३ प्रतिशत विद्युत् चुहावट भइरहेको छ । विद्युत् चुहावट नियन्त्रण गर्न नसक्दा मासिक लाखौ रुपैयाको राजस्व चुहावट हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण लहान केन्द्रअन्तर्गत ७४ गाविस र लहान नगरपालिका पर्छन् भने सिरहा केन्द्रअन्तर्गत ३२ गाविस र सिरहा नगरपालिका पर्छन् । दुवै केन्द्रअन्तर्गतका गाविस र नगरपालिकामा करिब ३३ प्रतिशत विद्युत् चुहावट हुन्छ ।

नगरपालिकामा सबभन्दा न्यून र दक्षिणवर्ती गाविस अर्थात् विकट मानिने केही गाविसमा बढी चुहावट हुने गरेको नेपाल विद्युत् प्राधिकरण केन्द्र लहानका प्रमुख आमोदकुमार यादव बताउनुहुन्छ ।
उहाले विद्युत् चुहावट नियन्त्रण गर्न अनुगमन कार्य जारी रहेको भन्दै विद्युत् चुहावट गर्ने उपकरण र व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको बताउनुभयो । अनुगमन गरेर कारबाही गर्ने कार्य तीव्र पारे पनि विद्युत् चुहावट नरोकिएको उहाको गुनासो छ ।

बिहीबार अनुगमनका क्रममा भगवानपुर, सोठियाइन, लहरनिया, सरहनचियालगायतका दक्षिणवर्ती गाविसबाट २७ थान विद्युतीय मोटर बरामद गरिएको प्रमुख यादवले बताउनुभयो । बरामद गरिएका मोटर जरिवाना लिएर छाड्ने उहाले भन्नुभयो ।

बरामद गरिएको विद्युतीय मोटरको एचपीअनुसार रु दुई हजारदेखि रु आठ हजारसम्म जरिवाना असुल गर्दै आएको प्रमुख यादवले बताउनुभयो । अवैध तरिकाले हुकिङ गरेर विद्युतीय मोटर जडान गर्ने व्यक्तिलाई रु चार हजार ५०० जरिवाना गरिने गरेको पनि उहाले बताउनुभयो ।
विद्युतीय मोटर हुकिङ गरेर अवैध तरिकाले जडान गर्दा करेन्ट लागेर जडानकर्ताको ज्यानै जाने खतरा हुन्छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger