सचिवलाई सम्मान
टुडे समाचारदाता
जनकपुरधाम, २८ पुस ।
धनुषाको बेंगाडावर गाविसको सचिव नवीन कुमार झालाई शनिवार एक समारोहका बीच विदाई गरिएको छ । सचिव झा सिरहाको जिल्ला प्रशासन कार्यालयमा सरुवा भएकाले भव्य समारोहका बीच अविर मालाका साथै कदर पत्रले सम्मान गर्दै विदाई गरिएको हो । गाविसका प्राविधिक सहायक जोगेन्द्र महतोले कार्यकालको समय अवधिभर सचिव झाले उल्लेख्य कार्य गरेको भन्दै सम्मानका साथ विदाई गरिएको जनाए ।
सो अवसरमा बेंंगाडावर गाविसमा केही वर्षसम्म प्राविधिक सहायक भएर कार्य गरेको जनकलाल महतोलाई समेत सम्मान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बेंगाडावरका सभापति टंक प्रसाद बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा भुपु प्रधानपंच रामकिशुन महतो, भुपु गाविस उपाध्यक्ष जागेश्वर महतो, नेपाली कांग्रेसका उपेन्द्र महतो, नेकपा एमालेका मेघबहादुर लामा, एमाओवादीका देवनारायण महतो, राप्रपा नेपालका इन्द्रदेव महतो, नेकपा– माओवादीका दिनेश मण्डल लगायतले सचिव झाले विकास निर्माणमा खेलेको भुमिकाको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
No comments:
Post a Comment