ट्रयाक्टरले ठक्कर दिदा एकको मृत्यु - मिथला दर्सन !
Headlines News :
Home » » ट्रयाक्टरले ठक्कर दिदा एकको मृत्यु

ट्रयाक्टरले ठक्कर दिदा एकको मृत्यु

Written By Unknown on Sunday, 12 January 2014 | 21:21

ट्रयाक्टरले ठक्कर दिदा एकको मृत्यु

रासस
जलेश्वर, २८ पुस ।
ट्रयाक्टरको ठक्करबाट जलेश्वरमा शनिबार बिहान एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–१२ मलिवारा बस्ने ७५ वर्षीया कुमारीदेवी साह रहेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बाक्लो हुस्सु लागेको बेला बिहान ४ बजेको समयमा घर अगाडिको खेतमा शौच गर्न निस्केकी कुमारीदेवीलाई ज१त ५०१ नम्बरको ट्रयाक्टरले ठक्कर दिदा उनको मृत्यु भएको प्रहरी नायब निरीक्षक विजय भण्डारीले बताउनुभयो ।
ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि अञ्चल अस्पताल जनकपुरतर्फ लगिरहेको बेला बाटोमै मृत्यु भएको उहाले
बताउनुभयो ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger