लिबियाका सहायक उद्योगमन्त्री मारिए
लिबियाका सहायक उद्योमन्त्री हसन अल ड्रोउई बन्दुकधारीको आक्रमणमा मारिएका छन्। राजधानी त्रिपोलीको पूर्व क्षेत्रमा रहेको आफ्नो गृहनगर सिर्ट क्षेत्रको भ्रमणका क्रममा अज्ञात बन्दुकधारीको गोली प्रहारबाट सहायक उद्योगमन्त्री हसनको मृत्यु भएको हो ।
स्थानीय समाचार एजेन्सीहरुका अनुसार सिर्ट क्षेत्रमा रहेको एक बजार क्षेत्रमा उनीमाथि गोली प्रहार भएको हो । उक्त घटनामा अन्य १५ जना मारिएका छन् । उनीमाथि लामो समयदेखि लिबियामा आन्दोलनरत विद्रोहीले आक्रमण गरेको आशंका गरिएको छ ।
सिर्ट क्षेत्रलाई लिबियामा सत्ता परिर्वतनको आन्दोलनमा विद्रोहीहरुले मुख्य आधारक्षेत्र बनाएका थिए । लिबियामा सन् २०११ मा पूर्वशासक मोहम्मद गद्धाफीबाट राज्य व्यवस्था खोसियपछि हालसम्म यस्ता थुप्रै घटना भैरहेका छन् ।
No comments:
Post a Comment