संसद सचिवालयको बैठक आज - मिथला दर्सन !
Headlines News :
Home » » संसद सचिवालयको बैठक आज

संसद सचिवालयको बैठक आज

Written By Unknown on Sunday, 12 January 2014 | 21:19

संसद सचिवालयको बैठक आज

काठमान्डौ, २८ पुस ।
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको पहिलो बैठक आव्हान गरेपछि संसद सचिवालयले त्यसको लागि तयारी थालेको छ ।
संसद् सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पत्र प्राप्त गर्नासाथ प्रत्येक सभासद्लाई माघ ८ गते बुधबार दिउँसो ३ बजे संविधानसभाको पहिलो बैठकमा उपस्थित हुन सूचना गर्ने भएको छ । त्यसका लागि सचिवालयले प्रत्येक सभासद्को पत्र सम्बन्धित दलको कार्यालयमा संयुक्त रुपमा पठाउने संसद् सचिवालयका सह–प्रवक्ता सुदर्शन कुँईकेलले जानकारी दिनुभयो ।

त्यसलगत्तै संसद् सचिवालयले नवनिर्वाचित सभासद्हरुलाई प्रशिक्षण दिने तयारीसमेत गरेको छ । संविधानसभा सदस्यहरुलाई अघिल्लै दिन सपथ ग्रहणको व्यवस्थाको तयारी गरिने भएको छ । पहिलो बैठक जेष्ठ सदस्यले गर्ने व्यवस्था रहेको छ । बैठकको अघिल्लो दिन नै सभासद्हरुलाई सपथ दिलाउने सचिवालयको योजना छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले र अन्यलाई ज्येष्ठ सदस्यलाई सपथ गराउने संवैधानिक व्यवस्था छ । संविधानसभाको पहिलो बैठकको अध्यक्षता पनि जेष्ठ सदस्यले गर्ने व्यवस्था रहेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger