डा. शशी शर्मालाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डीन नियुक्ति गरेको विरोधमा वरिष्ठ चिकित्सक गोविन्द केसीले आमरण अनसन सुरु गरेका छन् ।
आफूलाई नेवि संघका विद्यार्थी बताउने समूहले अस्पतालभित्रै केसीविरुद्ध नाराबाजी गरेपछि दिउँसो २ बजे सुरु हुने भनिएको अनसन साढे ३ बजे मात्र सुरु भएको हो । विद्यार्थीहरुको प्रदर्शनपछि पुगेको प्रहरीले सुरक्षा दिन नसक्ने भन्दै अनसन नबस्न केसीलाई आग्रह गरेका थिए ।

डिन प्रकाश प्रकाश सायमीको पुनर्बहालली लगायतका चार सुत्रिय माग राख्दै शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक केसी अनसन बस्ने तय भएको थियो । केसीले त्रिवि पदाधिकारीले दबाव दिएर सायमीलाई राजीनामा दिन बाध्य पारेको भन्दै पुनर्बहाली गर्नु पर्ने, नयाँ डिन नियुक्ति प्रक्रियाको छानविन, त्रिवि पदाधिकारीहरुमाथि कारवाही र मेडिकल कलेजको सम्वन्धन प्रक्रिया बन्द गर्नु पर्ने माग अघि सारेका छन् ।
त्रिभुवन विश्वविद्यालयले हालै मात्र सायमीको राजीनामा स्वीकृति गर्दै विवादास्पद शर्मालाई नियुक्त गरेको थियो । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक भागवण्डामा हुने निुयुक्तिको विरोधमा प्राध्यापक डा. केसी यसअघि पनि पटक पटक अनशन बसेका थिए ।
No comments:
Post a Comment