खनाल र ओली गरे अंकमाल, नेम्वाङले भने- यो दृष्य ओझेल् नपरोस् - मिथला दर्सन !
Headlines News :
Home » » खनाल र ओली गरे अंकमाल, नेम्वाङले भने- यो दृष्य ओझेल् नपरोस्

खनाल र ओली गरे अंकमाल, नेम्वाङले भने- यो दृष्य ओझेल् नपरोस्

Written By Unknown on Saturday, 11 January 2014 | 16:29

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओलीले संविधानसभा सदस्यमा निर्वाचित भएकोमा एकअर्कालाई बधाई दिएका छन् ।
jn-Khanal-and-KP-Oliपार्टीमा दुई विपरित खेलमा अगुवा खनाल र ओलीले मेची अञ्चलबाट निर्वाचित एमालेका सभासद्लाई बधाई र सम्मान गर्ने क्रममा बधाई दिँदै अंकमाल गरेका हुन् ।
खनाल र ओली दुबै मेची अञ्चलबाट विजयी सभासद् हुन । । शीर्ष नेतामा गुटबन्दी हुने गरेको गुनासो आइरहेका बेला त्यस प्रकारको आपसी सौहादर््रता निरन्तर राख्न कार्यकर्ताले वाहवाह गरेका थिए । पूर्व सभामुख समेत रहेका एमाले सभासद सुवास नेम्वाङले भने-’खनाल र ओलीबीचको सम्मानको त्यो दृष्य आँखाबाट ओझेल् नपरोस्, कार्यकर्ताले यही चाहेका छन् ।’
एमालेले मेची अञ्चलका चार जिल्ला गरी प्रत्यक्षतर्फ कुल १४ स्थानमध्ये नौ र समानुपातिकमा पाँच गरी १४ सभासद् विजयी गराएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger