जाडो बढेपछि नेपालगन्जमा सिरक डसनाको व्यापार फस्टाउन थालेको छ । सिरक र डसनाको व्यापारसँगै नेपाला उत्पादित कपासको मागसमेत बढेको छ ।
नेपालगन्जको बीपी चोक छेउछाउमा रहेका पसलमा सिरक डसना बनाउने र किन्नेहरुको घुइँचो लाग्न थालेको छ । केही वर्षअघि सिरक र डसनाका लागि सीमावर्ती भारतीय बजार रुपैडिया जानुपर्ने बाध्यता थियो । तर, अचेल नेपालगन्जमै राम्रो कपासको प्रयोग गरेर सुलभ मूल्यमा सिरक डसना बनाउने मान्छे पाइन थालेको वीपीचोकमा सिरक डसनाको व्यापार गर्दै आएका ऐश मोहम्मद बताउँछन् ।

‘सिरकका लागि नेपाली कपासको माग अत्यधीक छ । दिनहुँजसो नयाँ सिरक बनाउन कम्तिमा पनि १० जना ग्राहक आउने गरेका छन्, मोहम्मद अनलाइनखबरसँग भन्छन्, ‘डसनाका लागि पहिलो माग नेपाली कपासकै हुने गरेको छ । उनका अनुसार कपास विकास समिति खजुराबाट उत्पादित कपासको माग बढी छ ।
त्यस्तै वीपी चोकमा चाँद सिरक इन्टरप्राईजेज सञ्चालन गर्दै आएका उनले ग्राहकको मागअनुसारको छिटो र छरितो तथा भरपर्दो सेवा दिने उद्देश्यले आधुनिक मेसिनले कपासको फिटानी गर्ने र तगाई पनि ग्राहकको इच्छा अनुसारकै गर्ने गरिएको बताए । उनले एउटा सिरक बन्नका लागि ४ देखि ५ किलोसम्म कपास लाग्ने गरेको जानकारी दिए ।
आफ्नो पसलमा दिनहुँ १५ जनाले सिरक डसना बनाउने गरेको उनले बताए । उनले पहाडी जिल्लामा लैजाने सिरक डसना पनि नेपालगन्जमै बन्ने बताए ।
व्यापारीका अनुसार एकजोर डबल बेडको सिरक डसना खोलसहित ३ हजार ५ सयदेखि ५ हजारसम्म लाग्ने गरेको छ ।
व्यापारीका अनुसार एकजोर डबल बेडको सिरक डसना खोलसहित ३ हजार ५ सयदेखि ५ हजारसम्म लाग्ने गरेको छ ।
No comments:
Post a Comment