मोबाइलमै टाइप गरेर बन्यो ७२ पेजको उपन्यास - मिथला दर्सन !
Headlines News :
Home » » मोबाइलमै टाइप गरेर बन्यो ७२ पेजको उपन्यास

मोबाइलमै टाइप गरेर बन्यो ७२ पेजको उपन्यास

Written By Unknown on Saturday, 11 January 2014 | 16:31

तपाई स्मार्टफोनमा एक दिनमा कति टाइप गर्न सक्नुहुन्छ ? १०० शब्द, २०० शब्द ? भारत बेंग्लोरका एक सफ्टवेयर इन्जिनियरले भने आफ्नो मोबाइलमा नै पूरा उपन्यास लेखेका छन्।
एक आईटी कम्पनीमा सिनियर प्रोजेक्ट म्यानेजर रहेका ३८ वर्षीय विद्याशंकर हरप्पनहल्ली बसबाट कार्यालय आउ–जाउ गर्छन् । यसका लागि उनलाई करीब एक घण्टा खर्चिनुपर्छ । यो समयमा उनी मोबाइलमा लेख्ने र पढ्ने काम गर्छन् ।
साहित्यप्रति रुची राख्ने उनले देखेको नराम्रो सपनालाई मोबइलमा टाइप गरे र फेसबुकमा पोष्ट गरे । साथीहरुले कमेन्ट गरेर अघि बढ्न हौसला दिए । जसको फलस्वरुप उनले करीब ३ सातामै मोइबलमा पूरा उपन्यास लेखिभ्याए ।
‘कनसिना चिट्टेया हिडियेलु हाँरटू’ अर्थात सपनाको एक पुतलीको खोजीमा’ मा उपन्यास ७२ पृष्ठको छ । १२ अध्यायमा समेटिएको उपन्यासको पहिलो अध्यायमा उनले देखेको सपना छ भने बाँकी ११ अध्याय काल्पनिक कथा हो ।
http://www.onlinekhabar.com/wp-content/uploads/2014/01/mobile-novel-writer.jpg
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger