२८ पुस, काठमाण्डौं । संविधानसभाको पहिलो बैठकका लागि आजबाट थप तयारी अघि बढ्ने भएको छ । संविधानसभा तथा संसद सचिवालयले आजबाट थप तयारी अगाडी बढाउने बताएको छ । बैठक आह्वान नहुँदै पनि तयारी भइसकेको र आज बाँकी प्राविधिक तयारीमा जुट्ने संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले आजदेखि सभासदहरुलाई पहिलोे बैठकका लागि निम्ता सहितको चिठी पठाउने जानकारी दिनुभयो । संविधानसभाको पहिलो बैठकका लागि प्राविधिक तयारी भइसकेकाले अब सभासदहरुको व्यवस्थापनको विषयमा केन्द्रित हुने उहाँले बताउनुभयो । आजबाट औपचारीक तयारी थाल्न बिहान साढे ६ बजेदेखि नै संसद सचिवालयका कर्मचारी कार्यालय पुगिसकेको पनि शर्माले जानकारी दिनुभयो ।
Home »
» संविधानसभाको पहिलो बैठकका लागि तयारी सुरु
No comments:
Post a Comment