‘सन्ध्या ! समझदारी मै तपाँई र मेरो सम्बन्ध अन्त्य भयो, तीनबर्ष अघिकै अबस्थामा फर्कियौं आजदेखि ।’
बिहान सुर्य उदाउनु अघि नै सुरजको एसएमएस आएको मोबाईल घण्टीले मेरो निन्द्र खुल्यो । ब्यझिएर हेर्दा सुरजको एसएमएस आएको थाहा पाएकी हुँ ।
उसको नम्बर मैले ‘माई हर्ट’ भनेर सेभ गरेको थिएँ । माई हर्टको एसएमएस आउँदा मन यसै पनि फुरुङ्ग हुने नै भयो । हिजो अस्ति पनि बिहानै उसको एसएमएस आउँदा मन त्यसैत्यसै फुरुङ्ग हुन्थ्यो । मायालु, जोशिलो, फुर्तिलो हुन्थ्यो सुरजको एसएमएम ।
सपना पनि गज्जब देखेको थिएँ, उसैसंग लगन गाँठो कसेर उसको घरमा भित्रनै लागेकी थिएँ । दैलो छेक्ने नन्दहरुलाई मनाउँदै गर्दा सुरजको एसएमएसले ब्यूँझिएँ । दैलोसम्म पुगेर पनि भित्रिन नपाउँदा दुःखी भएको मन सुरजको एसएमएसले खुशी भएको थियो ।
जाँगर नचले पनि हात लम्काएर संगैको टेबलमा भएको मोबाईल उठाएँ ।
सम्बोधन ‘सन्ध्या’ थियो । सम्बोधनले मनमा डर पसिसकेको थियो ।
कत्ति लामो स्पेश राखेछ । एसएमएसमा पुग्नै समय लाग्यो ।
सुरजको संगतले मेरो नाम सन्ध्या हो, भन्ने नै बिर्सिसकेकी थिएँ । उसले कालु, फुच्ची, नानु, प्यारी, रानी यस्तैयस्तै उपमा दिएको थियो । मलाई उसले दिएको नाम र उपमा राम्रो लाग्यो । मन पर्ने मान्छेको सबै कुरा मन पर्दोरहेछ यस्तै भएको थियो ।
आज अचानक फेरी मलाई तीन बर्ष अघि नै फर्काई दियो । परिचयको हात पढाउँदै गर्दा उसले आˆनो नाम सुरज बताएको थियो ।
अनि मैले भनेकी थिएँ- मचाहिं सन्ध्या ।
आहा कत्ति राम्रो नाम, मलाई सार्है मन पर्छ, साँझको समय अर्थात सन्ध्या । बास बस्नका लागि चराहरु गुँडतिर र्फकन चिरबीर गरेर, डुब्न लागेको सुनौलो घाम ……… यस्तै यस्तै के के भनेको थियो । उसले ।
आˆनै औंला भारी हुँदै गएको थियो । बल्ल बल्ल एसएमएससम्म पुगें । पढे आँखा तिरमिरायो, आँखा डिल भरीयो । आँशुले आँखाको आली नाघ्यो । बर्सियो मोबाईल माथि नै । आँशुको भेल कत्ति बलियो, मोबाईल नै बगायो ।
ओछ्यानमा पल्टिएँ, सिरकले गर्लम्म मुख छोपेर रोएँ, डाँको छाडेर रोएँ । सिरकलाई सक्दो ‘साउण्ड प्रुफ’ बनाउन खोजे ।
तर मेरो प्रयास सफल भएन, ढोका ढकढक्याईले म उठें । पल्लो कोठाकी साथी रहेछिन । उनैलै गर्लम्म अँगालो हालेर रोएँ, मलाई रोएर हलुँगो हुनु रहेछ । आँसु बगेर के हलुङ्गो होईंदो रहेछ र ?
मेरो आवाजले सानो तिनो भेला नै गरायो, अघिसम्म त कोठाको साथी मात्रै थिईन, अब तल्लो र माथ्लो फ्याल्टका सबै जम्मा भईसकेका रहेछन ।
सबैको प्रश्नको जवाफ म आँशुले नै दिईरहेकी थिएँ । बुझ्ने र ब्याख्या गर्ने स्वतन्त्रता उनीहरुकै थियो ।
मेरो मुखबाट कुनै शब्द नआउँदा सबै लाखापाखा लागे । म फेरी भित्र पसें । आँशुले बगाएको मोबाईल टिपें । सुरजको नम्बरमा डायल गरें, तर मोबाईल अफ । तत्काल एसएमएस गरें । न मेरो एसएमएस डेलिभर भयो, न त सुरजको जवाफ नै आयो ।
म बिर्सन खोज्दा पनि सुरज बिर्सन सकिरहेको थिईन । नसम्झन खोज्दा चाहिं सम्झना निकै गाढा बनिरहेको थियो ।
त्यो दिन सुरजलाई सबै कुरो मैले सुम्पेको थिएँ ।
त्यो दिन किन म त्यस्ती भएँ, बरु सुरज चाहिं म जस्तो भएको थियो । आखिर सबै कुरा भएकै थियो, त्यही एउटा कुरो चाहिं उसैले बिबाह पछि मात्रै गर्ने भनेको थियो । मलाई केले त्यस्तो बनायो । म किन बेहोसी भएँ । मलाई प्रेमले हैन, बासनाले जित्यो । जित्यो मात्रै हैन निल्यो । त्यसैले त सुरजमाथि खनिएँ, उसलाई ममाथि खन्याएँ । वासनाले छोपिएर म विबेक शून्य भएँ । वासनाबाट मुक्त हुँदा म असीमित खुशी पो भएछु ।
सुरज तिर आँखा ओछ्याएँ, ऊ निराश थियो, बेखुशी पनि । तीन बर्षको संगतले म उसको हाऊभाऊ पढ्न सक्ने भएकी थिएँ । उसको मनोभाबना बुझ्थे, तै पनि मैले त्यो दिन मेरो बासनालाई नियन्त्रण गर्न सकिन । र त दुर्घटना भयो ।
सम्बन्ध अन्त्य हुनुको कारण म हैन, मेरो बासना थियो । त्यो कुरा न सुरजले बुझ्यो, न मैले बुझाउन सकें ।
उसले अहिले पनि मलाई राम्रो सोच्दैन होला । मलाई शंका छ -’मैले नाई भन्दा पनि उसले आफ्नो सर्वस्व गुमाई, अस्मिता लुटाई । ऊ मेरी प्रेमिका त हो तर त्यो भन्दा पहिले नारी हो । यो कुरा उसले ख्याल गर्नुपथ्र्यो ? मन त ऊ मैले नाई भन्दा त नमान्नेले, अरुलाई पनि आफ्नो अस्मीता बेची कि ? यही सोचेर उसले मसंगको सम्बन्ध अन्त्य गर्यो कि !’

No comments:
Post a Comment