बाख्रामा गरिएको कृत्रिम गर्भाधान सफल - मिथला दर्सन !
Headlines News :
Home » » बाख्रामा गरिएको कृत्रिम गर्भाधान सफल

बाख्रामा गरिएको कृत्रिम गर्भाधान सफल

Written By Unknown on Thursday, 9 January 2014 | 20:36

स्याङ्जाको वालिङ नगरपालिका–१० पेखुमा जिल्लामै पहिलोपटक परीक्षणका रूपमा बाख्रामा गरिएको कृत्रिम गर्भाधान सफल भएको छ ।

    स्थानीय गण्डकी बाख्रा बोर्ड विकास समितिको पहलमा जिल्ला पशुसेवा कार्यालय स्याङ्जाले परीक्षणका रूपमा गरेको कृत्रिम गर्भाधान सफल भएको पशुसेवा केन्द्र वालिङका प्राविधिक सुशील अर्यालले बताउनुभयो ।

    पशुसेवा कार्यालय वालिङको प्राविधिक सहयोगमा गत पाँच महिना गण्डकी बाख्रा बोर्ड विकास समितिमा पालिएका १६ वटा बाख्रामा परीक्षणका रूपमा गरिएको कृत्रिम गर्भाधान सफल भएको समितिका अध्यक्ष तथा किसान मेघनाथ पौडेलले बताउनुभयो ।

    “बाख्रामा पहिलोपटक कृत्रिम गर्भाधान गराउँदा सफल हुन्छ कि हुँदैन भन्ने हामीमा शंका थियो”–अध्यक्ष पौडेलले भन्नुभयो–“मङ्गलबार मात्रै कृत्रिम गर्भाधान गराएको एउटा बाख्रा ब्याएर तीनवटा पाठापाठी पाएको छ, अब यो प्रक्रिया सफल भयो भनेर हामी यसको प्रचारात्मक अभियानमा लाग्दैछौँ ।”

    पौडेलका अनुसार १६ वटा बाख्रामा परीक्षणका रूपमा गरिएको कृत्रिम गर्भाधानले एउटा ब्याइसकेको र बाँकी आठवटा आजभोलि ब्याउने अवस्थामा छन् । बाँकी सातवटा बाख्रामा भने परीक्षण विफल भएको पौडेलले जानकारी दिनुभयो ।

    आगामी दिनमा असफलता र सफलताको अध्ययन गरेर जिल्लाभरि नै बाख्रामा कृत्रिम गर्भाधान गराउने अभियान सञ्चालन गर्ने तयारीमा पशुसेवा कार्यालय स्याङ्जा लागेको पशुसेवा केन्द्र वालिङका प्राविधिक सुशील अर्यालले बताउनुभयो । रासस
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger