दसगजानजिकै महिलाको हत्या - मिथला दर्सन !
Headlines News :
Home » » दसगजानजिकै महिलाको हत्या

दसगजानजिकै महिलाको हत्या

Written By Unknown on Thursday, 9 January 2014 | 20:36

पुस २५ गते । सिरहाको हरकट्टी–८ स्थित नेपाल–भारतको दसजगा क्षेत्रनजिकै नेपाली सीमाक्षेत्रभित्र एक महिलाको हत्या गरी फालेको अवस्थामा आज बिहान शव फेला परेको छ ।

    फेला परेको उक्त शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार मधेसी मूलकी अन्दाजी ३० वर्षीया ती महिलाको घाँटी र मुखमा नीलडाम देखिएकाले घाँटी थिचेर हत्या गरेको अनुमान गरिएको छ ।

    हुलाकी राजमार्गभन्दा २०० मिटर दक्षिण र नेपाल–भारतको दसगजा क्षेत्रभन्दा ३०० मिटर उत्तर धान काटिसकेको बाँझो खेतमा महिलाको शव फेला परेको हो । सो क्षेत्रमा मानिसको आवतजावत कम हुने प्रहरीको भनाइ छ ।

    घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक महतोले जानकारी दिनुभयो । रासस
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger