सौर्य बत्ती हस्तान्तरण - मिथला दर्सन !
Headlines News :
Home » » सौर्य बत्ती हस्तान्तरण

सौर्य बत्ती हस्तान्तरण

Written By Unknown on Thursday, 9 January 2014 | 20:37

रोटरी क्लब अफ विराटनगरले द आर्ट अफ लिभिङ नेपाललाई एक हजार ६०० थान सौर्यबत्ती मङ्गलबार हस्तान्तरण गरेको छ ।
बिजुली नपुगेका पूर्वी पहाडी जिल्लाका विपन्न परिवारलाई उपलब्ध गराउने उद्देश्यले सो बत्तीका लागि रोटरी क्लबले रु १६ लाख सहयोग जुटाएको छ । एक बत्तीमा रु पाँच हजार ८०० मूल्य पर्ने बताइएको छ । यसका लागि सरकारले रु दुई हजार ५०० अनुदान दिएको छ ।
कार्यक्रममा रोटरी क्लब अफ विराटनगरका अध्यक्ष प्रदीप मुरारका, पूर्वअध्यक्ष ताराचन्द्र खेतान र आर्ट अफ लिभिङ नेपालका प्रतिनिधि समिर जोगीले यस्तो सहयोगबाट गरिब तथा विपन्न परिवारलाई ठूलो राहत मिल्ने बताउनुभयो । रासस
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger