जनकपुर नगरपालिका क्षेत्रभित्र एकीकृत सहरी विकास आयोजनाअन्तर्गत सडकको निर्माण सन्दर्भमा नगरपालिकाले बाह्र वर्षअघिको सडकको मापदण्ड कार्यान्वयन गर्न लागेकोमा राजनीतिक दलका प्रतिनिधिले आपत्ति जनाएका छन् ।
एसियाली विकास बैंकको सहयोग रु एक अर्ब ८२ करोडको लागतमा सञ्चालित सो आयोजनाले भावी प्रदेशको राजधानी हुने स्थानलाई बाह्र वर्षअघिको सडकको मापदण्ड कार्यान्वयन गर्न नहुने आवश्यकता समेत उनीहरुले आँैल्याएका छन् ।
विस २०५८ मा भएको नगर परिषद्द्वारा निर्धारण गरिएको मापदण्डअनुरुप सडक निर्माणले भावी जनकपुरको विकासमा समेत बाधक सावित हुने तर्क पनि उनीहरुले राखेका थिए ।
राजनीतिक दलका प्रतिनिधिहरु धीरेन्द्रमोहन झा, कौशलेन्द्र मिश्र, सदाशिव मिश्र र अल्लाउदिनले बाह्र वर्षअघिको मापदण्ड व्यक्तिगत र पूर्वाग्राही भएको तथ्यसमेत प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाका कार्यकारी अधिकृत जगन्नाथ लामिछानेले राजनीतिक दलका प्रतिनिधिले राखेको विचार सैद्धान्तिक रुपले राम्रो भए पनि आयोजना कार्यान्वयन भइसकेको अवस्थामा मापदण्ड संशोधनमा प्राविधिक र व्यावहारिक समस्या रहेको बताउनुभयो ।
आयोजनाका निमित्त प्रमुख वीरेन्द्र यादवले बाह्र वर्षअघि घनाबस्तीको हिसाबले मापदण्डलाई स्वीकृत गरिएको बताउँदै आयोजना कार्यान्वयनसम्बन्धमा पनि पटकपटक पत्रपत्रिकामार्फत मापदण्ड बारे जानकारी गराइएको अवस्था रहेको छ भन्नुभयो ।
जनकपुर नगरपालिकाभित्र एसियाली विकास बैंककोे सहयोगमा एकीकृत सहरी विकास आयोजनाअन्तर्गत २५.३६ किलो मिटर सडक १७ वटा योजनामार्फत सर्बे डिजाइनको कार्य तत्काल सुरु हुने जनाइएको छ ।
नगरपालिकाले जानकी मन्दिर–महावीर चोक हँुंदै पुरानो बसपार्कदेखि मिल्स एरियासम्मको १.१ किलोमिटरको बाटोलाई १९ फिट आठ इन्च चौडाइ गर्ने मापदण्ड निर्धारण गरे पनि बढाएर साढे २९ फिट चौडाइ गर्ने आम सहमति भएको छ भने शिव चोक–भानु चोकदेखि रेल्वे स्टेसनसम्म पर्ने ९०० मिटर सडकलाई नगरपालिकाले ४२ फिट आठ इन्च चौडाइ गर्ने नगरपालिकाको मापदण्ड भए पनि बढाएर ५२ फिट र रङ्गभूमि मैदान–पेठिया बजार हुँदै पुरानो बसपार्कसम्मको एक हजार १०० मिटरको सडकलाई ३३ फिटको मापदण्डलाई ४२ फिट गर्दै चिनो लगाउने कार्य सुरु गर्ने बताइएको छ ।
नगरपालिकका अनुसार, परिक्रमा सडकअन्तर्गत पर्ने ७.८ किलोमिटरको बाटोलाई ५२ फिट छ इन्च, जानकी मन्दिर–अञ्चल अस्पताल सडकदेखि रामानन्द चोकसम्म पर्ने २.१ किलोमिटरको बाटोलाई ४२ फिट आठ इन्च, जानकी मन्दिर – हनुमान मन्दिर हुँदै शिवचोकसम्म पर्ने एक किलोमिटरको बाटोलाई ३३ फिटदेखि ४२ फिट आठ इन्च, मुरलीचोक–भैरवचोक–जनकचोक हुँदै शिवचोकसम्म पर्ने एक किलोमिटरको बाटोलाई ५२ फिट चौडाइ विस्तार गर्ने मापदण्ड निर्धारण गरिएको छ ।
त्यस्तै पुरानो बसपार्क–परिक्रमा सडकमा पर्ने माछा बजार हुँदै मोर्डन बोर्डिङ स्कुलसम्मको १.१ किलोमिटरको सडकलाई ४२ फिट आठ इन्च, मुजेलिया प्रहरी चौकीदेखि कबर्ड हलसम्म पर्ने ८०० मिटरको सडकलाई ४२ फिट आठ इन्च, मुजेलिया प्रहरी चौकीदेखि दीपा आयल स्टोर्स हुँदै मनिमन्डपसम्म पर्ने १.१ किलोमिटरको सडकलाई ४२ फिट आठ इन्च, थापा चोक–रजौल हुँदै मुजेलिया प्रहरी चौकीसम्म पर्ने १.३ किलोमिटरको सडकलाई ४२ फिट आठ इन्च, राम मन्दिर–कदम चोक हँुदै कपिलेश्वर सडकमा पर्ने प्रहरी चौकीसम्म पर्ने १.५ किलोमिटरको सडकलाई ४२ फिट आठ इन्च चौडाइ विस्तार गर्ने योजना रहेको छ ।
सीता कुन्ड–दूधमती सडकमा पर्ने यज्ञ बल्क्य संस्कृत सेकेन्डरी स्कूल र ग्यालेक्सी बोर्डिङ स्कूल हँुदै दशरथ मन्दिरसम्म पर्ने १.४ किलोमिटरको सडकलाई ४२ फिट आठ इन्च चौडाइ विस्तार गर्ने मापदण्ड निर्धारण गरिएको छ भने विवाह मण्डपदेखि देवी चोकसम्मको ५.६ किलोमिटरको सडकलाई ३३ फिट, परिक्रमा सडकमा पर्ने जिरो माइलको ३०० मिटरको सडकलाई ५२ फिट आठ इन्च, मुरलीचोकदेखि हनुमान मन्दिरसम्म पर्ने १.८ किलोमिटरको सडकलाई ५२ इन्च छ फिट र शिवचोकदेखि कदमचोकसम्म पर्ने ५०० मिटरको सडकलाई ४२ फिट आठ इन्च चौडा गर्ने मापदण्ड निर्धारण गरिएको छ । रासस

No comments:
Post a Comment