तीन गाविसमा एकीकृत विकास कार्यक्रम - मिथला दर्सन !
Headlines News :
Home » » तीन गाविसमा एकीकृत विकास कार्यक्रम

तीन गाविसमा एकीकृत विकास कार्यक्रम

Written By Unknown on Thursday, 9 January 2014 | 20:37

लैङ्गिक हिंसा अन्त्यका लागि महिला बालबालिका कार्यालय इलामले जिल्लाका तीनवटा गाविसमा एकीकृत विकास कार्यक्रम सञ्चालन गरेको छ ।

    विगतमा पारालिगल समूहले कार्यक्रम सञ्चालन गर्दै आएका जिल्लाका सोयाङ, चुलाचुली र सोयाक गाविसमा निगरानी समूह समिति गठन गरिएको छ । निगरानी समूह समिति गठन गरी बचत सङ्कलन, परिचालन, समिति व्यवस्थापन समूह गठन गरिएको छ ।

गठित समिति व्यवस्थापनलाई महिला बालबालिका कार्यालयले थप व्यवस्थापनका लागि पाँच हजार रूपैयाँ अनुदान दिएको महिला विकास अधिकृत निर्जला चुडालले बताउनुभयो । गाउँमा गठन गरिएका निगरानी समूहलाई तीनदिने अनुशिक्षण तालिम प्रदान गरिएको छ ।

    त्यसैगरी महिलापुरुष सम विकास कार्यक्रमअन्तर्गत गठन भएका समूहलाई कार्यालयले प्रतिसमूह २० हजार अनुदान दिएको छ । महिलापुरुष ‘एकै रथका दुई पाङ्ग्रा’ हुन् भन्ने उखानअनुरूप एकै ठाउँमा राखेर सम विकास तालिम दिइएको छ । महिलालाई सामाजिक कार्यको बोझ कम गराउने उद्देश्यले सम विकास तालिम दिइएको हो ।

    ग्रामीण क्षेत्रमा हुने लैङ्गिक हिंसालाई घटाउँदै सामाजिक क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिका विकास गर्नका लागि महिला बालबालिका कार्यालयले विभिन्न गाविसमा एकीकृत विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

निगरानी समूहले सदस्यको इच्छाअनुसार मासिक बचत गर्छन् । मासिक बचतबाट सङ्कलित रकम उक्त समूहका सदस्यलाई निश्चित व्याजदरमा ऋण लगानी गर्ने गरेका छन् । यसैगरी महिला बालबालिका कार्यालयले यस्ता समूहलाई आयआर्जनमा वृद्धि गराउने उद्देश्यले बाख्रा वितरण, अदुवाखेतीका लागि लगानीसमेत गर्दै आएको चुडालले बताउनुभयो । रासस
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger