काठमाडौँमा ४० किलोमिटर सडकखण्डको पुनर्निर्माण कार्य सम्पन्न - मिथला दर्सन !
Headlines News :
Home » » काठमाडौँमा ४० किलोमिटर सडकखण्डको पुनर्निर्माण कार्य सम्पन्न

काठमाडौँमा ४० किलोमिटर सडकखण्डको पुनर्निर्माण कार्य सम्पन्न

Written By Unknown on Thursday, 9 January 2014 | 20:40

सडक विस्तारका क्रममा काठमाडौँ उपत्यकामा हालसम्म सडक विभागले मात्र ४० किलोमिटर सडकखण्डको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले सडक विभागअन्तर्गत ८८ वटा सडकमा १०५ किमि पुनर्निर्माण कार्य भइरहेकामा हालसम्म ४० किमि पूरा भएको, यसै आवभित्र थप ५२ किमि पूरा गरिने र बाँकी रहेको १८ किमि आव २०७१/७२ मा पूरा गर्ने लक्ष्य लिइएको बताउनुहुन्छ ।
  
    सडक विभागअन्तर्गत काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, डिभिजन सडक कार्यालय काठमाडौँ, डिभिजन सडक कार्यालय ललितपुर,  डिभिजन सडक कार्यालय भक्तपुर गरी चारवटा निकाय उपत्यकाको सडक विस्तार अभियानमा संलग्न छन् ।
  
    डिभिजन सडक कार्यालय काठमाडौँअन्तर्गत ४४ वटा सडकमा ३७ किमि पुनर्निर्माण कार्य भइरहेकामा हालसम्म १३ किमि पूरा भएको र यसै आवभित्र १९ किमि पूरा गरिने लक्ष्य लिइएको छ ।
  
    काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत ११ वटा सडकमा ३२ किमि पुनर्निर्माण कार्य भइरहेकामा हालसम्म १६ किमि पूरा भएको र यसै आवभित्र १५ किमि पूरा गरिने लक्ष्य लिइएको छ ।
  
    डिभिजन सडक कार्यालय ललितपुरअन्तर्गत १९ वटा सडकमा २१ किमि पुनर्निर्माण कार्य भइरहेकामा हालसम्म नौ किमि पूरा भएको र यसै आवभित्र १२ किमि पूरा गरिने लक्ष्य लिइएको छ । बाँकी रहेको सात किमि आव २०७१÷७२ मा पूरा गर्ने लक्ष्य छ । डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत छवटा सडकमा नौ किमि पुनर्निर्माण कार्य भइरहेकामा हालसम्म दुई किमि पूरा भएको र यसै आवभित्र बाँकी रहेको सात किमि पूरा गरिने लक्ष्य लिइएको छ ।

    दुई वर्षअघिदेखि काठमाडौँ उपत्यकामा सुरु गरिएको सडक पुनर्निर्माण अभियानअन्तर्गत विभिन्न स्थानमा सडक चौडा गरिनाको साथै सडकको क्षमता विस्तारसमेत गरिएको छ ।

    सडक विस्तारको प्रगति र प्रभावकारिता अनुगमनका लागि प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समितिले स्थलगत निरीक्षण गरिरहेको छ ।
  
    सडक विस्तारका क्रममा गएको दुई वर्षमा करिब रु तीन अर्ब खर्च भइसकेको र यस आवका लागि एक रु अर्ब ७१ करोड बजेट विनियोजन गरिएकामा रु एक अर्ब ३३ करोड अपुग हुने जनाइएको छ ।
  
    सडक विभागबाहेक काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, कीर्तिपुर नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र भक्तपुर नगरपालिकाले छुट्टै आफ्नोतर्फबाट सडक विस्तार निर्माण कार्य जारी राखेका छन् । रासस
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger