मन्त्रिपरिषद् अध्यक्षले संविधानसभा बैठक बोलाए, पहिलो बैठक माघ ८ गते - मिथला दर्सन !
Headlines News :
Home » » मन्त्रिपरिषद् अध्यक्षले संविधानसभा बैठक बोलाए, पहिलो बैठक माघ ८ गते

मन्त्रिपरिषद् अध्यक्षले संविधानसभा बैठक बोलाए, पहिलो बैठक माघ ८ गते

Written By Unknown on Saturday, 11 January 2014 | 16:25

अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको पहिलो बैठक माघ ८ गते आहृवान गरेका छन् ।
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले अन्तरिम संविधानको धारा ६९ को उपधारा (१) बमोजिम संविधानसभा बैठक माघ ८ गते बुधबार अपरान्ह तीन बजे आहृवान गरेको उनका प्रेस सल्लाहकार विमल गौतमले विज्ञप्तिमार्फत जनाएका छन् ।
यसअघि रेग्मीले शीतलनिवास पुगेर राष्ट्रपति डा. रामवरण यादवसँग छलफल गरेका थिए । राष्ट्रपतिले भने अन्तरिम संविधान अनुसार गर्न भन्दै संविधानको धारा ३६ कलाई समेत ध्यान दिन भनेका थिए, जुन धारामा राष्ट्रपतिको काम कर्तव्यबारे उल्लेख छ ।
संविधानसभा निर्वाचनको परिणाम घोषणा भएको २१ दिनभित्र संविधानसभाको बैठक आहृवान गर्नु पर्ने व्यवस्था छ ।
पहिलो बैठकको अध्यक्ष सूर्यबहादुर थापा
जेष्ठ सदस्यको हैसियतमा संविधानसभाको पहिलो बैठकको अध्यक्षता बैठक राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले गर्नु हुनेछ । थापालाई राष्ट्रपतिले संविधानसभा सदस्यको सपथ खुवाउनु हुनेछ, जुन राष्ट्रपतिले तोकेको समयमा हुनेछ । अन्य सदस्यहरुलाई भने थापाले सपथ खवाउनु हुनेछ । सभासदहरुको सपथ संविधानसभा बैठकको अघिल्लो दिन हुन सक्ने बताइएको छ ।
 सरकारले राष्ट्रपतिलाई बदनाम गराउने खोजेको शीतलनिवासको आरोप
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger