विनाशकाले विपरित बुद्धि - मिथला दर्सन !
Headlines News :
Home » » विनाशकाले विपरित बुद्धि

विनाशकाले विपरित बुद्धि

Written By Unknown on Saturday, 11 January 2014 | 02:34

जीव विज्ञानले के भन्छ ?, थाहा भएन । तर प्रचलित नेपाली उखानमा भने अन्त्य हुने बेलामा कमिलाको पनि प्वाख पलाउछ रे । नीति शास्त्र के भन्छ भने ‘अति सर्वत्र बज्रयत’  अर्थात अति भएपछि त्यसको चौतर्फी नकारात्मक प्रभाव पर्दछ ।
संविधानसभा भाग २ को निर्वाचनपछिका केही राजनीतिक घटनाक्रमहरुलाई सर्सर्ती नियाल्ने हो भने चर्चाको शिखरमा नेकपा एमाले रह्यो । कारण्ँ उसले रामकुमारी झाक्री र राजेन्द्र राईजस्ता एक समयका चर्चित विद्यार्थी नेताहरुलाई समानुपातिकमा सिफारिस गरेन । झाक्रीकै  शब्दमा भन्ने हो भने ‘पार्टीलाई रगत दिने भन्दा नगद दिने प्यारा भए’ यो प्रसंगले पनि नेपाली राजनीतिमा एकखालको तरंग सृजना गर्यो ।

नेपाली कांग्रेसमा ओछयान तताउनेहरुलाई प्राथमिकतामा राखिएको भन्दै पूर्वतिरकी एक दलित महिलाले ‘म त राम्री पनि छैन,लवाईखुवाई पनि यस्तै छ’ भनेर ब्यंग्य गरेकासम्म समाचार आए । यद्यपि यो अलि अश्लीलपाराको गालीगलोज भएकोले होला, खासै लामो समय बजारमा टिकेन ।
पहिलो संविधानसभामा हाती भएको एनेकपा (माओबादी) संबिधानसभा भाग २ को निर्वाचनमा मुसो भयो । नेता र नेतृत्वले सद्बुद्धि गुमाएपछि आखिर हुनु नै के थियो र । समानुपातिकको सूची निर्वाचन आयोगमा नबुझाउदासम्म पेरिसडाडालाई अब त अलिअलि चेत पस्यो होला भनेर आशा गर्नेहरु चिसोपानीले लुछुप्पै भिज्ने अवस्था आयो ।

बरु यसपटक राजु बस्नेतहरुको प्रमोशन भएन, धादिङतिरका एकजना क्रान्तिकारी ठकुरीले ठूलो राहत पाएछन् । आप्mनी छोरीको हत्या गर्ने रविन्द्रप्रताप शाह समानुपातिकको लिस्टमा परेको तर आफू नपरेकोमा हेमन्तप्रकाश वलीले दुःखमनाउ गरेको पत्रिकामा पढियो ।उहालाई पनि लाग्यो होला, मुसो भएको पार्टी अब कमिलो पो बन्छ कि ? प्वाख त पलाउदैन कतै ? वलीजी

कुरा के हो भने मेरो भाइको हत्यारो तत्कालिन शाही नेपाली सेनाको क्याप्टेन सञ्जय झा हो । उ पछि जनसेनाको कारवाहीमा मारियो भन्ने सुन्नमा आयो । यदि उ कारवाहीमा नपरेको भए आजसम्म उसको पेन्सन हुन्थ्यो, सायद समानुपातिकमा उ पनि पथ्र्यो होला । किनकी यो पनि कमजोर भएको पार्टी संरचनालाई मजबूत बनाउने र पार्टीलाई एकढिक्का बनाउने अर्को महत्वपूणर््ँ उपाय हुने थियो हाम्रो नेतृत्वलाई ।

चुनाव सकिएलगत्तै एमाले नेता सुरेन्द्र पाण्डेको एउटा समसामयिक लेख पढियो । चुनाव धेरै महंगो भएको, अनेक बहाना बनाएर आप्mनै पार्टीका कार्यकर्ताले उम्मेदवारलाई ठग्ने गरेको इमान्दार र आर्थिक अवस्था कम्जोर हुनेले चुनाव लड्ने दिन सकिएको कुरा सबैलाई भ्mस्काउने खालको थियो ।
एकल महिला कांग्रेसकी केन्द्रीय सदस्य मिना सुब्बालेसमेत समानुपातिकमा पार्न पार्टीमा ठूलो आर्थिक चलखेल भएको र इमान्दार मान्छेले राजनीति गर्ने दिन सकिएको बताएकी छन् ।

गोल्छाकी बुहारी राज्यलक्ष्मीको मनोनयन बिरुद्ध झाक्रीहरुको आक्रोश र आर्थिक चलखेलको चर्चा झनै उच्चस्तरको रह्यो । यद्यपि यसप्रकारका चल्खेलका मुद्दाहरु कहिल्यै सतहमा आउने र प्रमाण्ँित हुने कुरा भएनन् ।
समानुपातिकमा नाम दर्ज गर्ने सवालमा एमाओवादी भित्र देखिएको त्रिपक्षीय किचलोलाई परालको आगोमात्र हो भनेर आूकलन गरियो भने ठीक होईन । निकट भविष्यमा हुन लागिरहेको पार्टीको संगठनात्मक सम्मेलनमा यसले भुसको आगोको काम गर्ने अनुमान गर्न सकिन्छ । माओवादी पार्टीलाई निस्वार्थ योगदान र माया गर्नेहरु जेठा, महिला र साहिंला नेताहरुका यतिजना मान्छेहरुले सभासदको जागिर खाने भए भनेर सुन्न चाहेका छैनन् । उनीहरुको चाहाना त एक माओवादी, सबल र पक्षपातरहित नेतृत्व, सफल कार्यनीति चलायमान कार्यकर्ता र सुमेरु जस्तै अटल विश्वास हो ।
५४ सदस्यमा खुम्चिएपछि पनि फेरि त्यसैमा गिद्धले सिनोमा लुछाचुूडी गरेजस्तो गर्नु बेकारको व्यावसाय हो ।
समानुपातिकबाट संविधानसभामा पठाउनुको आशय भनेको निर्धाहरु नछुटुन् भनेर हो । समाजका पिछडावर्ग, महिला, दलित जनजाति वा विशेष आरक्षण्ँको आवश्यकता रहेको वर्गलाई संविधान निर्माण्ँ प्रक्रियामा सहभागी गराउने उद्येश्यले समानुपातिकको व्यवस्था गरिएको हो ।

त्यहा फूलीवाला जर्नेल कर्नेल महानिरीक्षक पठाउने होईन । ब्रान्डेड नेताहरु पनि त्यहा थोरै जादा हुन्छ । फेरि पनि भ्यागुताको धार्नी पुग्नेवाला छैन् । यही सभासद्को कारण्ँबाट अर्को बखेडा झिक्दै जाने हो भने जनतामा जाने, उनीहरुसग एकाकार हुने कुरा छेपाराको आहानसरह हुनेछ ।

लज्जास्पद पराजयपछाडिका प्रमुख कारण्ँमा धांधली हो भनेर जतिसुकै मन्त्रोच्चारण्ँ गराएपनि त्यो बस्तुत ः कामयावी बन्न सकेन । किन कि त्यो सही थिएन । कुट्ने बेलासम्म चेप्टो छ भने पनि अलि पर जाूदा ग्यालिलियोले पृथ्वी गोलै छ भन्न नछाडे भैm नेताहरुको अगाडी ‘धाधली पनि हो’  भने पनि अन्तसकरण्ँले त्यो भन्न दिदैंन कार्यकर्ताहरुलाई ।

एकैछिनपछि हामी जनताबाट कटेरै हो, जनतासगको दूरी बढेरै हो भन्नुपर्ने अवस्था छ । धाधली भएको भए पनि त्यस्लाई प्रतिरोध गरेर चिर्न नसकेको हुूदा त्यसमा अब दम छैन् । सरकार चलाइसकेको पार्टीले धाधलीको सामान्य संकेतसम्म नपाउनु यो जस्तो ठूलो बिडम्बना के हुन सक्छ ?  जसरी पनि सिंहदरवारको परिक्रमा नगरी निदहराम हुने रोग लागेको छ भने अब त्यस्तो नेता र नेतृत्वबाट रिुंगो मर्नेवाला छैन ।

नेतृत्वको नियत ठीक हुदाहुदै त्यसलाई नंग्याएर पार्टी सुदृढ हुन पनि सक्दैन । नेत्व कमजोर रह्यो भने पार्टी स्वत ः कमजोर बन्छ । तसर्थ नेतृत्व बलवान र भरोसायोग्य बन्ने उपायको खोजी नेतृत्व स्वयमले गर्नुरपर्छ । योजना उसैले बनाउनुपर्छ ।
कार्यकर्ता त अराएको गर्ने न हुन । न उनिहरुले एकमुस्ठ रकम टक्रयाउन सक्छन न आतिथ्यको अन्य कुनै बिकल्प हुन्छ । बरु ऐन मौकामा ज्यान दिन्छन । यो वास्तविकतालाई नेता र नेत्रित्वले बिर्सने हो भने बिनासले घेर्यो भनेर जान्नु पर्छ । बिनासले घेरे पछि बुद्धी पनि उल्टो हुन्छ, चिल्ला र मोटाहरुलाई मात्र आप्mनो देख्ने बानि लाग्दछ । बिनास काले, बिपरित बुद्धि  अर्थात नाश हुने बेलामा बुद्धि पनि बिपरित हुन थाल्दछ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger