नेपाल मेडिकल काउन्सिलले निरीक्षणका क्रममा कतिपय मेडिकल कलेजहरुले भाडामा चिकित्सकहरु बोलाएर उपस्थित गराएको भेटिएको छ । - मिथला दर्सन !
Headlines News :
Home » » नेपाल मेडिकल काउन्सिलले निरीक्षणका क्रममा कतिपय मेडिकल कलेजहरुले भाडामा चिकित्सकहरु बोलाएर उपस्थित गराएको भेटिएको छ ।

नेपाल मेडिकल काउन्सिलले निरीक्षणका क्रममा कतिपय मेडिकल कलेजहरुले भाडामा चिकित्सकहरु बोलाएर उपस्थित गराएको भेटिएको छ ।

Written By Unknown on Wednesday, 8 January 2014 | 19:12


नेपाल मेडिकल काउन्सिलले निरीक्षणका क्रममा कतिपय मेडिकल कलेजहरुले भाडामा चिकित्सकहरु बोलाएर उपस्थित गराएको भेटिएको छ । कलेजसँग नियमित सरोकार नै नभएका त्यस्ता चिकित्सकहरु भारी रकम लिएर आवश्यक पर्दा मात्र उपस्थित हुने गरेको पाइएको छ । ‘केही महिनाअघि नोबेल मेडिकल कलेज, विराटनगरमा ३५ जना भाडाका चिकित्सक २ दिनका लागि भारतबाट झिकाइएको थियो’ नेपाल मेडिकल काउन्सिल स्रोतले कान्तिपुरसित भन्यो, ‘हामीकहाँ-काउन्सिल)बाट पोष्ट ग्राजुएट कोर्षको सम्भाव्यतावारे निरिक्षणका लागि जाँदा सेता एप्रोन सहितका चिकित्सकहरुको हुल लागेको थियो ।’ काउन्सिलका पदाधिकारीहरु सुवोध अधिकारी, अनिल झा, सतिश देव र प्रकाश भट्टराईले निरिक्षण सक्नुअघि नै उनीहरु भारत फर्केको काउन्सिल स्रोतले बतायो । भाडाका चिकित्सकहरुलाई इस्टर्न स्टार र रत्ना होटेलमा राखिएको थियो । कलेज अफ मेडिकल साईन्सेज भरतपुरमा पनि बेलामौकामा अचानक फ्याकल्टी (विभागिय अध्यापकहरु) उपस्थित हुने समस्या छ । आफूहरुले निरिक्षण गर्दा विश्वविद्यालयबाट प्राप्त सूचीभन्दा बढी फ्याकल्टीहरु उपस्थित गराएको र उनीहरु सबै फर्जी भएको पुष्टि भएको एक चिकित्सकले बताए । ‘केबल नाममात्रैको उपस्थिती गराएको र नक्कली हाजिरीको भरमा मेरो कलेजमा यति धेरै चिकित्सकहरु छन् भनेर प्रचारवाजी गर्ने काम भइरहेको छ’ मेडिकल कलेजमा बढ्दो विसंगतिबारे नियमित आवज उठाइरहेका ती चिकित्सकले भने, ‘मनोमानी ढंगले फ्याकल्टी परिचयपत्र बाँडेर कजेलमा चिकित्सकहरुको हुल देखाउन काम भएको छ ।’ नेपाल मेडिकल काउन्सिलका अध्यक्ष दामोदर गजुरेल स्वयं ‘खडेबाबा’प्रवृतिका कारण मेडिकल शिक्षामा समस्या भएको बताए । ‘झण्डैं ४ सयको हाराहारीमा रहेका भारतीय मेडिकल कलेजका कारण उताको जनशक्ति यता आउने समस्या भयो’ गजुरेलले भने, ‘त्यस्तो प्रवृति घटाउन हामीले नेपाली कलेजका प्रोफेसरहरु भिजिटिङमा जान सहज हुने नीति बनाएका छौं ।’ खडेबाबा रोक्न मेडिकल कलेजहरुलाई नै जिम्मेवार बनाउने तयारी भएको उनले बताए । मेडिकल कलेजमा भाडामा उपस्थित हुनेमा भारतिय चिकित्सकहरुको बाहुल्य रहेको गजुरेलको भनाई छ । तर छानविन प्रतिवेदन र जानकारहरुले भने नेपालीहरु पनि एक कलेजबाट अर्कोमा उपस्थितीका लागि मात्रै ‘भाडामा जाने गरेको’ जनाएका छन् । अख्तियारमा पुगेको अर्को छानविन प्रतिवेदनले मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयको स्विकृती नलिएका कलेज अफ मेडिकल साईन्सेजका सर्जरी विभागका चिकित्सकहरु आईप चेरियन, अमरेन्द्र कुमार सिन्हाको औचित्यमाथि प्रश्न उठाएको छ । मेडिकल काउन्सिलबाट अनुमती नै नलिएका उनीहरु नियमित चिकित्सक रहेको दावी अस्पतालले गरेपनि अन्य छानविनबाट उनीहरुले कानूनी प्रक्रिया मिचेको पुष्टि भएको अख्तियारस्रोतले जनायो । विमल कुमार सिन्हाको संयोजकत्वमा गठित विज्ञ छानविन टोलीले विश्वविद्यालय र मेडिकल कलेजका फयाकल्टीको नाम समेत फरक परेकाले थप आशंका बढेको जनाएको छ । मेडिकल कलेजहरु मेडिकल कलेजको मापदण्ड अनुसार तोकिएको संख्यामा चिकित्साशास्त्रको अध्यापकहरुलाई नियमित रुपमा नियुक्त गर्नुपर्छ । तर भौतिक तथा जनशक्ति पूर्वाधार बढाउनुको साटो केही मेडिकल कलेजहरुले मेडिकल काउन्सिलबाट निरिक्षणमा जाने पदाधिकारीलाई ‘खुसी बनाएर’ भाडाका चिकित्सकहरु देखाउने गरेका हुन् । ‘यसबाट कलेजहरुले खर्च त घटाउलान, तर मेडिकल शिक्षाका लागि ४० लाखसम्म खर्चेका विद्यार्थी सोझै ठगीमा पर्छन’ छानविन टोलीका ती सदस्यले भने । चिकित्साक्षेत्रका जानकारहरुले चलनचल्तीमा ‘खडेबाबा’ भनिने कतिपय डमी फ्याकल्टीहरु चिकित्साशास्त्रका विद्यार्थी समेत नभएका भेटिएको छ । नोबेलले उपस्थित गराएका पंकज दास, सुबोध झा लगायतका ११ जना अन्य विषयका विद्यार्थी भएपछि अख्तियारले छानविन गरिरहेको छ । तर पेश गरेको कागजातमा कलकत्ता मेडिकल कलेजका चिकित्सकहरुको कागजात पेश भएको छ । ‘कागजात पेश भएका व्यक्ति र उपस्थित हुने व्यक्ति नै फरक थिए’ काउन्सिलस्रोतले भनेको कान्तिपुर दैनिकमा खबर छ । खडेबाबा विकृतीका वारेमा सबै जानकारी भएपनि अनुगमनमा जाने मेडिकल काउन्सिलका पदाधिकारीले आँखा चिम्लने गरेको जानकारहरु बताउछन् । चिकित्सक भनी उपस्थित हुनेहरुको विज्ञता, प्रमाणपत्र लगायत कलेजबाट हुने आम्दानीको कर तिरे/नतिरेको अनुसन्धान गरे सबै पत्ता लाग्नेमा काउन्सिलका पदाधिकारीहरु ‘सबै ठिकठाक छ’ भन्दै र्फकने गरेका छन् । ‘तलबी भरपाई, बैंक स्टेनमेन्ट, करकट्टी र करचुक्ता लगायतका प्रमाण माग्दा उपलब्ध नभएकाले फ्याकल्टीहरु कलेजमा कार्यरत रहेको पुष्टि हुनसकेन’ कलेज अफ मेडिकल साईन्सेजमाथिको छानविन प्रतिवेदनमा भनिएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger