खराव वीउका कारण काभ्रे र भक्तपुरका किसान मर्कामा - मिथला दर्सन !
Headlines News :
Home » » खराव वीउका कारण काभ्रे र भक्तपुरका किसान मर्कामा

खराव वीउका कारण काभ्रे र भक्तपुरका किसान मर्कामा

Written By Unknown on Thursday, 9 January 2014 | 20:35

डिवाई ६९ जातको हाइव्रिड धानको वीउबाट विगत वर्षहरुमा राम्रो उत्पादन लिंदै आएका भक्तपुरका किसान यसवर्ष भने धान फल्ने वेलामा सर्लक्कै वोट मरेपछि मर्कामा परेका छन् ।
काष्ठमण्डप ट्रेड प्वाइन्ट काठमाडांैमार्फत् विक्री भएको डिवाई ६९ जातको हाइव्रिड धानको म्याद नाघेको वीउका कारण भक्तपुर र काभ्रे जिल्लामा हजारौं रोपनीमा लगाइएको धानबाली नष्ट हुन पुगेको छ । पीडित किसानलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै भक्तप’रका किसान आन्दोलित छन् ।
    पीडित किसानलाई प्रतिरोपनी १२ मुरी धान क्षतिपूर्ति दिनुपर्ने भन्दै विगत चारमहिनादेखि भक्तपुरका किसानले सरकारसँग माग गर्दै आएका छन् । गत असोज १ गते नेपाल क्रान्तिकारी किसान संघको नेतृत्वमा गएको पीडित किसानहरुको प्रतिनिधिमण्डलले  कृषि विकास मन्त्री टेकबहादुर थापाधर्तिसमक्ष निवेदन पेश गरेको थियो । काष्ठमण्डप ट्रेड प्वाइन्ट काठकाण्डौका प्रबन्धक मधुसुन प्रधानले सो धानको वीऊ २ वर्ष अगाडि नै चीनबाट ल्याई बालजू कोल्ड स्टोरमा राखेको कुरा स्वीकार गरेका थिए । यसरी म्याद नाघेको धानको वीऊको प्रयोगको कारण अघिल्ला साल २ वर्षहरुमा राम्रैस“ग फलेको धान यसवर्ष पूर्णरुपमा नष्ट भएको पुष्टि हुन्छ ।
    भक्तपुरको कमलविनायक निवासी पीडित कृषक कृष्णभक्त लवजूले धानबाली नष्ट हु“दा आफूलाई निकै मर्का परेको र जीवन धान्न पनि ज्यादै कठिन भएको वताउन’भयो ।  आफने ८ रोपनी जग्गामा लगाएको  धानबाली मध्ये अधिकांश धान नष्ट भएको र उत्पादन भएको धानमा पनि प्रायः पोकटा रहेको उहाँले वताउन’भयो ।
    काष्ठमाण्डप ट्रेड प्वाइन्ट मार्फत विक्री भएको धानको वीऊको अत्यधिक प्रयोगका कारण भक्तपुरका किसानहरु बढीमात्रामा प्रभावित हुन पुगेका हुन् । अघिल्ला वर्षहरुमा राम्रै धान उत्पादनको कारणले उत्साहित भएका भक्तपुरका कृषकहरु हाल धानबालि नष्ट हुन पुग्दा घाटा सहन बाध्य भएका छन् ।
    नेपाल क्रान्तिकारी किसान संघका अध्यक्ष गोविन्द दुवालले धानबाली नष्ट हुनु किसान वर्गको मात्र समस्या नभई पूरै राष्ट्रको समस्या रहेको बताउनु भयो । विभिन्न राजनैतिक दलहरु सहित नेपाल मजदुर किसान पार्टीले कयौं पटक बैठक वसी पिडित किसान वर्गहरुले पाउनु पर्ने क्षेतिपूर्तिको माग गरेतापनि त्यस सम्बन्धमा कुनै सुनुवाई नभएकाले बाध्यतावस आन्दोलन गर्नु परेके र अझै सुनुवाई नभए अरनिको राजमार्ग बन्द गर्ने निर्णय लिएको दुवालले बताउनु भयो ।
    त्यस्तै नेपाल क्रान्तिकारी किसान संघका सदस्य राजकृष्ण गोराका अनुसार आफू स्वयम् उक्त समस्याबाट गुज्रिरहेको र म्याद नाधेके धानको वीऊको कारणले आवेदन दिनको लागि धानको वीऊ किनेको विल रासायनिक मल किनेको विल आवाश्यक पर्ने र सबै किसानहरुस“ग उक्त बिल सुरक्षित नहु“दा कतिले क्षेतिपूर्ति समेत माग गर्न नपाएको बताउनु भयो ।
    अघिल्ला २ वर्षहरुमा यस हाईव्रिड वीऊका कारण भक्तपुरमा यसको अत्याधिक मात्रामा धानको उत्पादन बढेतापनि हाल म्याद सकिएको वीऊको कारण भक्तपुरमा यसले ठूलो क्षेति पु¥यायो ।
 सुडाल–४, भक्तपुरकी किसान गोमा अधिकारी आफ्नो द’ईरोपनी जग्गामा लगाएको धान नष्ट हु“दा जीविका चलाउनै कठिन परेको दुखेसो पोखछिन् । शुरुका दिनमा यस वीऊबाट राम्रै धान उत्पादन भएका कारण सन्तुष्ट भएका भक्तपुर सुडाल वडा नं. ९ का किसान विदुर घोरासायनीले  धान गोडे पश्चात यसमा विभिन्न किसिमका रोगहरु देखा परेको र त्यसमा आवश्यक मलजल प्रयोग गरेतापनि यसबाट कुने फाइदा नदेखिएको र धान फल्ने समयमा नै सुकेर गएको र आफू हाल मर्कामा परेको बताउनु भयो । नेपाल क्रान्तिकारी किसान संघका अध्यक्ष का. गोविन्द दुवालले विकास मन्त्री टेकबहादुर थापाधर्तीलाई विभिन्न धानबाली नष्ट भएको स्थानमा अवलोकन गराई त्यसस्थानमा किसानले पाउनु पर्ने क्षेतिपूर्तिको बारेमा सम्बन्धित निकायमा पहल गर्नका लागि भनेतापनि हालसम्म पनि यसबारेमा कुनै सुनिवाई नभएको दुवालले बताउनु भयो साथै उहा“ले मंसिर २८ गते शुक्रबार सिंहदरवार घेराउ गरेको पनि जानकारी दिनुभयो ।


Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger