चितवनमा चराको गणना शुरु - मिथला दर्सन !
Headlines News :
Home » » चितवनमा चराको गणना शुरु

चितवनमा चराको गणना शुरु

Written By Unknown on Saturday, 11 January 2014 | 22:37


२७ पुस,चितवन । चितवन राष्ट्रिय निकुञ्जलगायत देशका विभिन्न निकुञ्ज एवम् आरक्षमा रहेका सिमसार क्षेत्रमा आजदेखि पानी चरा अर्थात जलपंक्षी को गणना सुरु भएको छ । जल क्षेत्रमा पाइने चराको वास्तविक अवस्था पत्ता लगाउन चरा गणना गर्न थालिएको चरा विज्ञ डा. हेमसागर बरालले जानकारी दिनुभयो । करिब ३ सय प्राविधिक र चराविज्ञहरुको सहभागितामा दुई हप्ता लगाएर चरा गणना गर्न लागिएको डा.बरालले बताउनुभयो । पहिलो दिन चितवन निकुञ्ज, जगदीशपुर जलाशय र कोसीटप्पुबाट गणना थालिएको हो । गणनामा चराको अवस्था, वासस्थान र लोपोन्मुख स्थितिको अध्ययन गरिनेछ । यसपटक मुख्यगरी पोखरा, कोसी, चितवन, बर्दिया, शुक्लाफाँटा, लुम्बिनी, रारा, घोडाघोडी ताललगायत ६० स्थानमा गणना हुनेछ । नेपालमा हालसम्म ८ सय ७५ प्रजातिका चरा भेटिएका छन् । यी मध्ये करिब ५ सय ५० प्रजाति चितवनमै पाइन्छन् ।
अघिल्लो गणनामा नेपालमा ४४ हजारभन्दा बढी चरा फेला परेको थियो । गरुड, फ्यालफ्यालेलगायतका चरा लोप हुने अवस्थामा रहेकाले संरक्षणको खाँचो रहेको चरा विज्ञहरुले बताएका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger