२७ पुस,जनकपुर । सहिद महिला पत्रकार उमा सिंहको पांचौ स्मृति दिवसमा क्रान्तिकारी पत्रकार संघ धनुषाले रक्तदान कार्यक्र सम्पन्न गरेको छ । पत्रकार सिंहको अन्तिम अवस्थामा रगतक अभावको कारण ज्यान गएको भन्दै क्रान्तिकारीले रक्तदान गरेको हो ।
आउदा दिनमा रगत अभावको कारणले कसैले ज्यान गुमाउनु नपरोस उदेश्य क्रान्तिकारीले अघिल्लो वर्ष पनि रक्तदान गरेको थियो । रक्तदान कार्यक्रममा पत्रकार ,सुरक्षाकर्मी र विभिन्न निकायका २८ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा पत्रकार शैलेन्द्र महतो, नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष रामअशिष यादव, पत्रकारहरु अनिल मिश्र ,किरण कर्ण,सजिव मण्डल,विनोद महतो ,संजिव झा , गोविन्द महतो ,वृखेश यादव ,काशिन्द्र शर्मा, रामहृदय यादव छन् । यसै गरी सुरक्षाकर्मीहरु निरहरी दाहाल, केशव प्रसाद वाग्ले, प्रेम सुवेदी, विष्ण्ॉ प्रसाद रिजाल, कमल श्रेष्ठ, मो। तानविर आलम, हेमचन्द्र प्रसाद यादव, प्रदिप कुमार भगत छन् । त्यस्तै विद्यार्थीहरु मनिषा खतिवडा ,मनिषा झा, उषा ठाकुर, रमेश यादव, पप्पु कुमार केशव साह , विपिन कुमार साह, सुनिल प्रसाद लगायतका छन् ।
संघले श्रद्धाञ्जली कार्यक्रम पनि गरेको छ । कार्यक्रममा सहभागिहरुले सहिद पत्रकार सिंहको फोटोमा फुल तथा अविर लगाई श्रद्धाञ्जली अप्रण गरेका थिए । श्रद्धाञ्जली कार्यक्रममा सहभागिहरुले पत्रकार पत्रकार सिंहको मृत्यु भएता पनि कलमको मृत्यु नहुने धारणा राखेका छन् । नेपलामा दश वर्षे जनयुद्धदेखि अहिल सम्म धेरै पत्रकारहरुको राज्य तथा गैर राज्य पक्षबाट हत्या भए तापनि हत्याराहरु खुलेआम घुमिरहेकाले त्यस्तालाई सरकारले कानुनी कठघारामा उभ्याएर दण्डीत गनुं पर्नेमा जोड दिएका छन् । कार्यक्रममा पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष रामअशिष यादव, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष दिपेन्द्र प्रशाद सिंह, प्रेस युनियन धनुषा शाखाका अध्यक्ष प्रविन साह, महासंघ धनुषा शाखाका पुर्व उपाध्यक्ष अनिल मिक्ष लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment