सभासद छनोटमा लेनदेनको सूचना पाए छानविन गछौं : लोकमान - मिथला दर्सन !
Headlines News :
Home » » सभासद छनोटमा लेनदेनको सूचना पाए छानविन गछौं : लोकमान

सभासद छनोटमा लेनदेनको सूचना पाए छानविन गछौं : लोकमान

Written By Unknown on Thursday, 9 January 2014 | 16:23

Vअख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संविधानसभाको समानुपातिक सभासद् छनोटमा आर्थिक लेनदेनको सूचना प्राप्त भए अख्तियारले भ्रष्टाचारकै हिसाबले अनुसन्धान गर्ने बताएका छन् ।
lokman karkiमध्यमाञ्चल र पूर्वाञ्चलको भ्रमणका क्रममा बिहीबार राजविराज आइपुगेका अख्तियार प्रमुख कार्कीले सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीेले मुलुकमा सुशासन कायम गर्ने, मुलुकलाई अनिर्णयबाट निकास दिने र भ्रष्टाचारलाई शुन्य सहनशीलतामा झर्ने बताए ।
स्थानीय जनतासँग प्रत्यक्ष सरोकार रहेका विकास आयोजना र सार्वजनिक चासोका विषयमा १५ दिनदेखि सप्तरीसहितका जिल्लामा अनुगमन गरेको भन्दै उनले केही बिचोलिया र पहुँचवालाले जनताका नाममा आएका रकम दुरुपयोग गरेको प्रारम्भिक रुपमा पाइएको बताए । कार्कीले नक्कली कागज तयार गरेर जनताको नाममा आएका पैसा दुरुपयोग गर्ने जोसुकैलाई पनि कारबाही गर्ने बताए । रासस
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger