दुई समूहको ‘ग्याङ वार’का क्रममा नागरिक दैनिकका सम्पादक प्रतिक प्रधानमाथिको आक्रमण हुन पुगेको प्रहरीले बताएको छ ।
संगम चोकसस्थित सेकेन्ड होम व्याइज होस्टेलमा सुमन थापा र श्वास्वत राणाबीचको विवादका क्रमा थापा समूहले राणालाई ठानेर आक्रमण गर्दा प्रधान परेको प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । तीन चार वटा मोटरसाइकलमा आएको समूहले २३ गते भीनसेनगोलामार्गमा प्रधान चढेको बा ५ च ३९५९ नम्बरको कारमा तरवार, रडले तोडफोड गरेका थिए ।
प्रहरीले घटनामा संलग्न सुमन लामा, रविन गुरुङ, नवराज गुरुङ, विश्व पोखरेल, मिलन खड्का, चन्द्रजिर जिम्बा, विकास कोजु र सुशील पौडेललाई सार्वजजिक गरेको छ । प्रमेश राई, बिक्की श्रेष्ठ, सोनाम शेर्पा र छेतेन गुरुङ भने फरार छन् ।
No comments:
Post a Comment