राज्य र कानूनको पहुँच भएको राजधानीमै खोलिएका ६३ वटा सहकारीले सर्वसाधारणलाई ठगेको तथ्य फेला परेको छ । समस्याग्रस्त सहकारीका लागि जाँचबुझ आयोगले काठमाडौंका ५० र ललितपुरका १३ सहकारीद्वारा करिब १२ अर्ब रुपैयाँ ठगिएको भन्दै कार्यालयमा साढे १४ हजार उजुरी परेको जनाएको छ ।
काठमाडौं र ललितपुरबाहेक अन्य जिल्लामा परेका उजुरीहरु भने अझै आयोगको कार्यालयमा आइपुगेका छैनन् । देशभर परेका उजुरीहरु आइपुग्दा जनता ठग्ने सहकारी संस्थाहरुको संख्या ८० वटाको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।
यी हुन् आरोपित सहकारी
अनलाइनखबरलाई प्राप्त विवरण अनुसार सर्वसाधारणलाई ठगी गरेको आरोप लागेका सहकारीहरुमध्ये ओरेन्टल को-अपरेटिभ, एक्जिम बहुउद्देश्यीय सहकारी संस्था, गुण मल्टिप्रपोज कोअपरेटिभ, प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेन्ट कोअपरेटिभका सञ्चालकलाई मंसिर २४ गते नै आयोगसमक्ष उपस्थित गराउन डिभिजन सहकारी कार्यालयलाई निर्देशन दिइसकेको छ ।
त्यसैगरी मंसिर ३० गते कुबेर बचत तथा ऋण सहकारी संस्था, स्टान्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, प्रभू बचत तथा ऋण सहकारी संस्था र शुभश्री को-अपरेटिभका अध्यक्ष तथा सञ्चालकलाई आयोगमा उपस्थित गराउन आयोगले दोस्रो निर्देशन जारी गरेको छ ।
तेस्रोपटक आयोगले पुस ९ गते नवराजधानी बचत तथा ऋण सहकारी संस्था, मिलेनियम बचत तथा ऋण सहकारी संस्था, कोहिनूर हिल बचत तथा ऋण सहकारी संस्था र सहायता सहकारी संस्थाका अध्यक्ष तथा सञ्चालकलाई आयोगमा उपस्थित गराउन निर्देशन दिएको छ । त्यसैगरी पुस १८ यता विभिन्न चरणमा गरी आयोगले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
त्यसैगरी ललितपुरका अञ्जुरी बचत तथा ऋण सहकारी, रश्शा बचत तथा ऋण सहकारी, करोना बचत तथा ऋण सहकारी संस्था लगायतका १३ सहकारीका अध्यक्ष तथा सञ्चालकलाई आयोगमा उपस्थित गराउन डिभिजन सहकारी कार्यालय ललितपुरलाई आयोगले निर्देशन दिएको छ ।
No comments:
Post a Comment