राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नयाँ बन्ने संविधानमा आलङ्कारिक भएपनि राजालाई ठाउँ दिइनुपर्ने बताएका छन् ।
‘संवैधानिक राजतन्त्र राख्न जनताले मत जाहेर गरेका हुन्’, अध्यक्ष थापाले भने, ‘सनातन हिन्दू धर्म, संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र सुदृढ स्वायत्त शासन प्रणालीको मूलभूत मान्यतामा राप्रपा नेपालले सम्झौता गर्ने छैन ।’
शुक्रबार बनेपामा आयोजित नवनिर्वाचित सभासद्को स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष थापाले संविधानसभा बाहिर रहेका दलहरुलाई समेट्ने गरी नयाँ संविधान बनाउनुपर्नेमा जोड दिए ।
पार्टीको एजेन्डा स्थापित गर्न सदन र सडकमा सङ्घर्ष गर्ने उल्लेख गर्दै अध्यक्ष थापाले अन्य दलले आफ्ना विचार जबरजस्ती लाद्न खोजे आफूहरु जनमत सङ्ग्रहको पक्षमा उभिने बताए । पार्टीले सदनमा आवश्यकता अनुसार लचकता र सम्झौताको नीति अवलम्बन गर्ने थापाको भनाइ थियो ।

No comments:
Post a Comment