वीरगन्ज, २४ पुस । वीरगन्जमा चारदिने कल्चरल फुड फेस्टिवल सांस्कृतिक खाना महोत्सव आजदेखि सुरु भएको छ । आदर्शनगरस्थित उपमहानगरपालिका कार्यालयको स्वीमिङग पुल परिसरमा आयोजना महोत्सवको उद्घाटन प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले गरेका छन् । चार दिनसम्म चल्ने फुड फेस्टिवल शनिबार सम्पन्न हुनेछ । फेस्टिवलमा मनोरन्जनका लागि ख्याती प्राप्त कलाकारहरुले गीत, नृत्य र सँगीत प्रस्तुत गर्नेछन् । महोत्सवको पहिलो बुधबार भोजपुरी, दोस्रो दिन मारवाडी समुदायको, तेस्रो दिन नेवारी र चौथो दिन शनिबार थारु संस्कृतिको गीतसँगीत प्रस्तुती गरिने आयोजकले जनाएको छ ।
Home »
» वीरगन्जमा आजदेखि ‘कल्चरल फुड फेस्टिवल’ सुरु
No comments:
Post a Comment